NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

ओलीको विकल्प प्रचण्ड, नेपाल र देउवा होइनन् : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएरमात्रै समस्या समाधान नहुने बताएका छन् । ट्वीट गर्दै थापाले नेकपाको ठाउँमा कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट समाधान नपाउने उनको टिप्पणी छ । ‘परराष्ट्र नीति संचालनमा असन्तुलन देखिएको छ, नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकार माथि अर्को छीमेकी चिनको भरोसा पनि धर्मराएको छ’ थापाले भनेका छन् । भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेको आरोप उनको छ । ‘समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र र अवधारणामा सुधार नगरेसम्म कस्मेटिक परिवर्तनको कुनै अर्थ रहँदैन’ थापाले ट्वीटमा भनेका छन्, ‘नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका वारे पुनर्विचार गर्नु जरुरी भएको छ ।’ धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्नुपर्ने वा जनमतसंग्रह गर्नुपर्ने उनको मत छ ।‘धर्मनिरपेक्षता,गणतन्त्र र संघियताको विकल्प खोज्ने वा उल्लेखित मान्यतावारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रहमा गर्नेवारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ ।’ थापाले भनेका छन् ।