NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अमेरिकी राष्ट्रपति चुनाव : बाइडन अघिअघि ट्रम्प पछिपछि

काठमाडाैं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार अमेरिकाको ४० राज्यकाे परिणााममा डेमोक्र्याटका बाइडनले अग्रता लिइरहेका छन् । अमेरिकाको ५० राज्यमध्ये ४० राज्यकाे नतिजा अनुसार बाइडन २३६ इलेक्टोरल कलेज भोटले अगाडि छन् । उनलाई रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्पले २१३ इलेक्टोरल मतका साथ पछ्याइरहेका छन् । अमेरिकी राष्ट्रपतिको चुनावमा चुनाव जित्न २७० इलेक्टोरल मत पुर्याउनुपर्छ । सोही भोटका आधारमा अमेरिकाको राष्ट्रपति को बन्छ भन्ने निक्यौल हुन्छ । चुनावी मत परिणाम अनुसार बाइडनले न्युयोर्क, क्यालिफोर्निया , कोलोराडो, न्यू मेक्सिको, मिनिसोटा, इलिनाय, भर्जिनिया, वासिङ्गटन डिसी, लगायतका राज्यमा जीत हासिल गरिसकेका छन् । ट्रम्पले मोन्टाना, नर्थ एण्ड साउथ डेकोटा, इन्डियाना, ओहायो, युटा, केन्टुकी, अलबामा, टेक्सस, लुजियाना , फ्लोरिडा, मिसिसिपि, आर्कान्सा लगायतका राज्यमा जीत हासिल गरेका छन् । यद्यपी, नेवेदा, एरिजोना तथा मेनमा ब्राइडनको पकड बलियो देखिएको छ भने जर्जिया, विस्कान्सिन, मिसिगन, पेन्सेल्भेनिया, नर्थ कैरोलिनामा ट्रम्पको पकड बलियो देखिएको छ । यी ठाउँहरुमा ट्रम्पको वर्चस्व रहे ट्रम्पले दोश्रो कार्यकाल जित्ने प्रवल सम्भावना रहेको छ । जारी मतगणनामा पनि ट्रम्प अगाडि देखिएका छन् । २०१६मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले ३०४ इलेक्टोरले मतसहित राष्ट्रपतिमा हिलारी क्लिनटनलाई पराजित गरेका थिए । हिलारीले २२७ इलेक्टोरल मत प्राप्त गरेकी थिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष