NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

देश बर्बाद बनाउन राजीनामा दिन्न : प्रधानमन्त्री ओली

काडमाडौं । प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने बताएका छन् ।बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले राजीनामा दिए देश बर्वादीतिर जानु भएको बताए । ‘तपाईंहरु विचार गर्नुस् के अहिले मैंले राजीनामा दिन उचित हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैंले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने । उनले प्रधानमन्त्रीको कुर्सीमा आफ्नो रहरले भनइ जनताको आवश्यकता र समर्थनले आइपुगेको जिकिर गरे । उनले भने,‘यहाँ पुर्‌याएको जालझेल तिकडमले होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईंहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार यस्तो हुन्छ कि उस्तो हुन्छ कि फेरिन्छ कि ?’