NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

संक्रमित थपिएपछि मंसिर १२ सम्म लकडाउन

संक्रमित थपिएसँगै जिल्लामा १४ दिनका लागि लकडाउन गरिएको छ । पाँचथरको फिदिममा एकैदिन १४ जना कोरोना सङ्क्रमित थपिएपछि पन्ध्र दिनका लागि लकडाउन गरिएको हो । जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत आज मध्यरातबाट आगामी मंसिर १२ गतेसम्मका लागि लकडाउन जारी गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सो नगरपालिकाभित्र अत्यावाश्यक बाहेकका व्यवसाय तथा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार फिदिम नगरपालिका हुँदै मेची राजमार्गबाट अन्य जिल्लाका लागि भने सवारी सञ्चालन हुन पाउने छन् । प्रशासनले अत्यावाश्यक बाहेकका दुई पाङ्ग्रे सवारीका साधन समेत सञ्चालनमा रोक लगाएको छ । नगरप्रमुख ओनाहाङ नेम्वाङले कन्ट्र्याक टे«सिङमा परेकालाई संयमता अपनाई एकान्तमा बस्न आग्रह गरेका छन् । जिल्लामा सक्रिय सङ्क्रमितको संख्या २४ पुगेको छ ।