NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

१० लाख घुससहित आयोजना प्रमुख इन्जियनियर नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख घुससहित नेपाल विद्युत प्राधिकरण हेटौडा–भरतपुर–बर्दघाट आयोजना प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग मागेको १० लाख घुससहित अख्तियारले जैसवाललाई नियन्त्रणमा लिएको हो । जैसवाल सो आयोजनाका प्रमुख इन्जिनियर हुन् । उनी हेटाैंडा उपमहानगरपालिका १० बाट पक्राउ परेका हुन् ।