NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ओलीसँग दरार बढेपछि प्रचण्ड–नेपाल कानुनी परामर्शमा जुटे

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी औपचारिक फुटको संघारमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श थालेका छन् ।उनीहरुले बिहीबार मात्र पार्टी कार्यालय पेरिस डाँडामा बरिष्ठ अधिवक्ताहरुलाई बोलाएर कानूनी परामर्श लिएका हुन् ।कार्यकारी अध्यक्ष दाहाल र नेता नेपालले बिहीबार विहान बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्व महान्यायाधीवक्ता मुक्ति प्रधानसँग परामर्श लिएका छन् । कानून व्यवसायी प्रधानले नेपालवाचसँग प्रचण्ड र नेपालसँग भेटेर कानूनी परामर्श दिएको स्वीकारेका हुन् । ‘आज विहान अध्यक्ष प्रचण्डलाई भेट्न म र बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ पार्टी कार्यालय गएका थियौँ ।’ प्रधानले नेपालवाचसँग भने, ‘आन्तरिक परामर्शका लागि गएका हौँ ।’ उनले दाहाल र नेपालसँग के के विषयमा छलफल भयो भन्ने बारे खुलाएनन् । प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाएर जान कार्यकारी अध्यक्ष दाहालसँग प्रस्ताव राखेसँगै भेटेर आगामी दिनमा आउनसक्ने कानूनी संकटका बारेमा परामर्श दिएको हो । प्रचण्ड निकट नेकपाका एक नेताका अनुसार कानून व्यवसायीहरुले केपी ओलीले पार्टी फुटाएर जाँदा चाल्न सक्ने कदम र त्यसको कानूनी अवस्थाका बारेमा छलफल भएको थियो । यस्तै दाहाल र नेपालले ओली विरुद्ध संसदमा अविस्वासको प्रस्ताव दर्ता गराउन कानूनी बाटोबारे पनि छलफल भएको थियो । कानुन व्यवसायीसँगको परामर्शपछि कार्यकारी अध्यक्ष दाहाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । याे पनि पढ्नुस् विवादपछि बालुवाटारमा ओली–प्रचण्डबीच भेट