NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

प्रहरी अस्पतालमा थपियो तीन सय बेड

सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताललाई तीन सय बेड थप्ने अनुमति दिएको छ । यसअघि एक सय ५० बेड क्षमता रहेकामा अब चार सय ५० पुगेको छ । यससँगै उक्त अस्पताललाई कोभिड अस्पताल सञ्चालन गर्ने अनुमति पनि दिइएको छ । बुधबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को बैठकले अस्पताललाई कोभिड–१९ को अस्थायी अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिएको हो ।कोरोना संक्रमितको चाप बढेपछि एक सय ५० बेड क्षमताको अस्पतालमा चार सय जना विरामीको उपचार हुँदै आउको थियो । अस्पताललले कोभिड र नन–कोभिड बिरामीको लागि छुट्टाछुट्टै ब्लकको व्यवस्था गरी उपचारको व्यवस्थापन गर्दै आएको थियो । लक्षण सहितको कोभिड विरामीको लागि अस्पतालमै बेड छुट्याएको थियो । लक्षण नभएका विरामीको हकमा अस्पतालले विरामीको चाप हेरेर टहरा लगायत २ नम्बर गण, पहरा गण तथा विपद् व्यवस्थापन गणमा विरामीको व्यवस्थापन गर्दै आएको थियो । अस्पतालमा हाल करिब ३० जना मधुमेह, उच्च रक्तचाप लगायतका विरामी छन् भने लक्षण भएका र नभएका सहित दुई सय भन्दा विरामी उपचाररत छन् । ‘अस्पताल अनुगमनका क्रममा क्षमता भन्दा बढी विरामीको उपचार गरेको पाइएपछि मन्त्रालयले निर्णय गरी तीन सय बेड थप गरेको हो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । थापाथलीस्थित प्रसुती गृहमा पनि दुई सय बेड थप गर्ने निर्णय भइसकेको उनले बताए ।