NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

केन्द्र सरकारविरुद्ध प्रदेश २ पुग्याे सर्वाेच्च

काठमाडाैं । संघीय सरकार विरुद्ध प्रदेश नं २ ले सर्वोच्च अदालत गएको छ । संघीय सरकारले प्रदेशको क्षेत्राधिकार मिचेर नेपाल प्रहरीको विज्ञापन खुलाएको भन्दै प्रदेश नं २ ले सर्वोच्च अदालतमा मुद्धा दर्ता गरेको हो । सरकारले प्रहरी भर्ना लिनका लागि विज्ञापन खुलाएपछि प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका तर्फबाट अधिवक्ता सुनिलकुमार चौहानले सर्वोच्चमा बिहीबार रिट दायर गरेका हुन् । रिटको पहिलो पेसी आगामी २६ कात्तिकका लागि तोकिएको अधिवक्ता चौहानले बताए ।