अश्लील फिल्म खेलेको आरोपमा एक प्रहरी निलम्बित

काठमाडौं । नेपाल प्रहरीका एक कर्मचारी अनौठो कारणले निलम्बनमा परेका छन् । अश्लील फिल्ममा अभिनय गरेको आरोपमा प्रहरी जवान पृथे तामाङलाई निलम्बन गरिएको छ । महानगरीय प्रहरी वृत्त वानेश्वरमा कार्यरत रहेका तामाङले काठमाडौं परिसरले निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ । अश्लील भिडियोकै कारण चर्चामा आएकी विवादास्पद मोडल परी तामाङसँग उनले एक ‘सर्ट मुभी’ मा अभिनय गरेका थिए । त्यसबारे प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि छानबिन सुरु भएको थियो । ‘हेडक्वार्टरबाटै आएको पत्रअनुसार उनलाई निलम्बन गरेर छानबिन गरिएको हो,’ काठमाडौं परिसरका एक प्रहरीले भने । केही वर्षअघि नै युट्युबमा अपलोड भएको सो फिल्ममा उनीहरुको किस खाएको तथा बेडसिनको दृश्य छ । प्रहरीले त्यसबारे छानबिन गर्न परी तामाङलाई समेत पटक-पटक बोलाएको थियो । उनले सामाजिक सचेतनासम्बन्धी एक भिडियोमा अभिनय गरेको र त्यसलाई अश्लील भन्न नमिल्ने बताएकी छिन् । प्रहरी जवान तामाङले संगठनको अनुमतिविना नै सो भिडियोमा आफूले अभिनय गरेको तर धेरै अश्लील नभएको बयान दिएका छन् । प्रहरी कर्मचारीले संगठनको अनुमति विना बाहिर काम गर्न नपाउने नियमावलीमा उल्लेख छ । अशिष्ट खालको फिल्ममा अभिनय गरेको पाइएपछि निलम्बन गर्नु परेको काठमाडौं प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया