NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ओलीसँग दुरी बढेपछि प्रचण्डले बोलाए नेकपा सचिवालयको बैठक

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालयको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज अपरान्ह ३ बजे बैठक बस्ने भएको छ । स्रोतका अनुसार पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले सचिवालयको बैठक बोलाएका हुन् । यो बैठकले पार्टीको आन्तरिक विवादबारे अनौपचारिक छलफल मात्रै गर्ने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए । बिहीबार अध्यक्षद्वय छलफलमा जुटे पनि आ–आफ्ना अडानमा केन्द्रित भएका थिए । ओलीले प्रचण्डलाई गुटको बैठक गर्दै हिँडेको आरोप लगाएका थिए । प्रचण्डले पनि प्रदेश १ मा गुटको भेला गरेको, राजीनामा मागेको भनेर अनर्गल प्रचार गरेको, पार्टी फुटाउन सन्देश दिएको भन्दै ओलीको आलोचना गरेका थिए । ओलीले शुक्रबार बिहान प्रचण्डसँग छलफल गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खुमलटार पठाएका थिए । त्यसपछि प्रचण्डले सचिवालयको बैठक डाकेका हुन् । तर ओलीले यस्ता बैठकप्रति अनिच्छा देखाउँदै आएका छन् ।