NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यसकारण रोकियो अमेरिकामा राष्ट्रपतिको चुनावी नतिजा

नेपालवाच । अमेरिकाको राष्ट्रपति पदको लागि डेमोक्रेटिक पार्टीका जो बाइडन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीचको प्रतिपर्धा २५३ र २१४ इलेक्टोरल भोटमा गएर अड्किएको छ । पछिल्लो मतपरिणाम अनुसार एरिजोना राज्यमा जो बाइडनले अग्रता लिइरहेका छन् भने जोर्जियामा डोनाल्ड ट्रम्पको भोट लगातार कम भइरहेको छ । कैयौं सहरमा बाइडन समर्थकले मतगणना जारी राख्न माग गरिरहेका छन् भने ट्रम्प सर्मथकले मत गणना रोक्न माग गरिरहेका छन् । अमेरिकामा राष्ट्रपतिको चुनाव जित्नको लागि कुनै एक प्रतिष्पर्धीलाई २७० इलेक्टोरल भोटको आवश्यकता पर्छ । साथै, जनताले दिने पपुलर भोटको पनि आवश्यकता पर्छ । राष्ट्रपति चुनावमा कुन उम्मेदवारले कुन राज्यमा जित्यो भनेर छुट्याउनमात्र प्रत्यक्ष मतगणना ‘पपुलर भोट’गरिन्छ । कुनै राज्यमा प्रत्यक्ष भोट जुन उम्मेदवारले बढी ल्याउँछ सो राज्यका सबै इलेक्टोरल मत उसैले प्राप्त गर्छ । जनसंख्या अनुसार इलेक्टोरल मत राज्य अनुसार फरक फरक छ । ज्यहरुलाई इलोक्टोरल मतभार फरकपरक दिएको कारण पनि पपुलर भोट बढी ल्याउनेले पनि राष्ट्रपतिको निर्वाचन नजित्न सक्छ । २०१६ मा पनि हिलारी क्लिन्टनले पपुलर भोट बढी प्राप्त गरेर पनि राष्ट्रपतिमा ट्रम्पसँग पराजित भएकी थिइन् । अमेरिकाको ५० राज्यमा भएको निर्वाचनमध्ये एरिजोना, जोर्जिया, विस्कन्सिन, नेवादा र पेन्सेल्भेनिया राज्यहरुमा मतगणना जारी छ । अमेरिकाको राष्ट्रपति चुनावमा कसले जित हासिल गर्छ भन्ने तय यी राज्यहरुको मतपरिणामले गर्ने हुदाँ अमेरिकामा एरिजोना, जोर्जिया, निवेदा, पेन्सेल्भिेनियालाई व्याटलग्राउण्ड स्टेट पनि भनिन्छ । यी राज्यहरुमा मतगणना जारी छ । कोरोना माहामारीका कारण यी राज्यहरुका अधिकांश मानिसहरुले हुलाकमार्फत भोट दिएका थिए । जसले गर्दा भोटको गणना सकिन अझै केही लाग्न सक्ने न्युज एसेन्जीहरुले उल्लेख गरेका छन् । यसैबीच ट्रम्पका समर्थकहरुले मतगणनामा धाँधली भएको आरोप लगाउँदै विभिन्न शहरमा प्रदर्शनी गर्दै आएका छन् । ट्रम्प समर्थकले मिसिगनको डेट्रोइट शहरमा प्रदर्शन गरेपछि त्यहाँ रहेको मतदान केन्द्रको सुरक्षाको लागि प्रहरी परिचालन गरिएको थियो । त्यस्तै, ट्रम्पका चुनाव प्रचारप्रसार टिमले मिसिगन, पेन्सेल्भेनिया र जोर्जिया राज्यमा मतगणना रोक्न र मतगणना पुनः सुचारु गराउन कानुनी कारवाही सुरु गरेको बताएका छन् । जबकी बाइडेनलाई भने बाँकी राज्यमा आफूले जीत हासिल गरेर राष्ट्रपति बन्नेमा पूर्ण विश्वास रहेको छ । बिबिसीलाई दिएको एक अन्तवार्तामा ट्रम्पका छोरा एरिकले पेन्सेल्भेनियामा राज्यमा मुद्दा दायर गर्न लागेको बताएका छन् । एरिकले भने,‘ पेन्सेल्भेनियामा हामीले जित्न गइरहेका थियौ । तर उनीहरुले हामीलाई धोका दिने कोशिश गरिरहेका छन् । किनकी उनीहरुलाई थाहा छ जीत हासिल गर्ने यो मात्र एउटा उपाय छ । त्यसैले हामीले यहाँ आएर वकिललाई भेटेका छौ । पेन्सेल्भेनियामा मद्दा दायर गर्ने क्रममा छौ’ । याे पनि पढ्नुस् अमेरिकी चुनाव : इलेक्टोरल भोटमा बाइडन अगाडि, किन महत्वपूर्ण छ इलेक्टोरल ?