NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

४० लाख नगदसहित एक जना पक्राउ

काठमाडाैं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट श्रोत नखुलेको ४० लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका(२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बसमा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले चेकजाँच सो रकम सहित उनी पक्राउ परेका हुन् ।रकम गुप्ताले झोला र कम्मरपेटीमा लुकाएर ल्याएका थिए । सबै रकम हजारका नोट भएको पनि प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।