NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कोरोना जितेका गगन थापाको प्लाज्मा दान गर्ने घोषणा

नेपालवाचकाठमाडौं । कोरोना संक्रमणबाट निको भएका कांग्रेस नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा दान गर्ने घोषणा गरेका छन् । थापाले फेसबुकमार्फत जानकारी दिदैं आफू र आफ्नी पत्नीले प्लाज्मा दान गर्न लागेको घोषणा गरेका हुन् । प्लाज्मा दान गर्न चाहनेहरुका लागि नेपाली कांग्रेसका केन्दीय्र सदस्य प्रदीप पौडेलको अगुवाईमा प्लाज्मा ऐप सञ्चालनमा आएको छ । कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी देखिएको भन्दै थापाले आफू र पत्नी अञ्जना केसी थापाले प्लाज्मा दान गर्ने सोचका साथ ‘प्लाज्मा’ ऐनमा नामसमेत दर्ता गराइसकेको थापाले फेसबुकमार्फत् जानकारी दिएका छन् । केही समय अघिमात्र गगन थापा तथा उनको परिवार कोरोना संक्रमित भई निको भएको थियो ।कोरोना संक्रमणका कारण गम्भीर समस्या उत्पन्न भएमा त्यसबाट हुने मृत्युदर कम गर्न प्लाज्मा थेरापी प्रभावकारी मानिन्छ । नेपालमा प्लाज्मा थेरापीको ट्रायल परीक्षण गरिदै आएको छ । के हो प्लाज्मा थेरापी ? रगतमा पानी र प्रोटिनको समीश्रण मिलेर बन्ने तत्वलाई नै प्लाज्मा भनिन्छ । यो रगतमा हुने पहेंलो पारदर्शी तरल भाग भाग हो । यसले रगतको ५५ प्रतिशत भाग ओगटेको हुन्छ । प्लाज्मामा न्युट्रियन्ट्स, प्रोटिन, एन्टीबडिज लगायत विभिन्न तत्व पाइन्छ । यी तत्वले कोराना संक्रमित व्यक्तिको शरीरमा जुन तरीकाले काम गर्छ । यस्तो प्रविधिलाई नै प्लाज्मा थेरापी भनिन्छ ।