ओली पक्षकाे बहिष्कारबीच प्रचण्ड नेतृत्वमा नेकपाकाे बहुमत सचिवालय सदस्यको बैठक सुरु

काठमाडौं । नेकपाको सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य रहेका छन् । बैठकमा प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् । यस्तै प्रधानमन्त्री केपी ओलीसहित सरकारमा रहेका सचिवालय सदस्य बैठकमा उपस्थित भएका छैनन् । ओलीसहित महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल बैठकमा अनुपस्थित छन् । प्रधानमन्त्री निकट स्रोतले प्रचण्डले बोलाएको बैठक अवैधानिक रहेको जिकिर गरेको छ । नेकपाको सचिवालयमा ९ जना नेता रहेका छन् । पछिल्लो समयमा दुई अध्यक्षबीच दुरी बढेको छ । खासगरी मन्त्री हेरफेर, कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव र रअका प्रमुखको नेपाल भ्रमणपछि नेकपामा विवादले चरम रुप लिएको छ । प्रधानमन्त्री ओलीबाटै नेकपा फुटाउने प्रस्ताव आएपछि प्रचण्डले पनि पटकपटक आफू निकट नेताहरुसँग छलफल गर्दै आएका छन् । असमझदारी बढिरहँदा दुई अध्यक्षबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको थियो । तर, सो बैठकमा पनि दुवै एक अर्कोविरुद आरोपमा उत्रिएका थिए । बिहीबार नै प्रचण्ड र माधव नेपालले वकिलहरुसँग परामर्श गरेका थिए । ओलीले पनि प्रदेश १ मा आफू निकट नेताहरुको भेला गरेपछि दुई पक्षीबीच झन् तिक्तता बढ्दो छ ।
ताजा अपडेट
-
लोक सेवा कानूनमा के–के भयो काटकुट ?
-
जो आधाभन्दा बढी संसद् बैठकमा अनुपस्थित छन्
-
नयाँ मन्त्रीको शपथ बिहान ११ बजे
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
-
जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया