NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अमेरिकामा कुकुरलाई मेयर बनाइएपछि …..

शक्तिराष्ट्र अमेरिकामा को राष्ट्रपति बन्ला भनेर संसारभर चासोपूर्वक हेरिएको छ । तर, सोही अमेरिकाको एक सानो सहरमा एउटा कुकुरलाई मेयर बनाइएको छ । विल्बर बिस्ट नाम गरेको कुकुरलाई मेयर चुनिएको छ । फक्स न्यूजका अनुसार, केट्कीमा र्‌याबिट ह्यास नामक एउटा सानो समुदाय छ । त्यस समुदायले फ्रान्सिसी बुलडगलाई आफ्नो नयाँ नेता चुनेका छन् । र्‌याबिट ह्यास हिस्टोरिकल सोसाइटीका अनुसार, विल्बर बिस्टले १३ हजार एक सय ४३ मतले चुनाव जितेको हो । र्‌याबिट ह्यास हिस्टोरिकल सोसाइटीले फेसबुकमा पोष्ट गरेर यसको जानकारी दिएको हो । क्याप्सनमा लेखिएको छ, र्‌याबिट ह्यासमा चुनाव सकिएको छ । विल्बर बिस्ट नयाँ मेयर चुनिएका छन् । जम्बा २२ हजार ९ सय ५८ मतमा उनले १३ हजार एक सय ४३ मत प्राप्त गरेका छन् । १९९० देखि कुकुर नै मेयर बन्दै र्‌याबिट ह्यास नदीको किनारको एक अनाधिकृत समुदाय हो । यसले १९९० देखि कुकुरलाई नै आफ्नो मेयर चुन्दै आइरहेका छन् । समुदायका बासिन्दाहले हिस्टोरिकल सोसाइटीलाई १ डलर दान गर्दै आफ्नो मत दिए ।एजेन्सीकाे सहयोगमा