NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कोरोनाबाट गम्भीर बिरामी परेका मनोज गजुरेलको आइसियुमा उपचार

काठमाडौं । चर्चित स्ट्याण्डअप कमेडियन मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ ।कोरोना भाइरसबाट संक्रमित भएका गजुरेलको अवस्था गम्भीर बनेपछि आइसियुमा राखी उपचार सुरु गरिएको छ । गजुरेललाई १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि होम आइसोलेसनमा बसे पनि गत बुधबारदेखि गजुरेलको अवस्था झन् कमजोर बनेको थियो । गजुरेलको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । बिहीबारदेखि आइसियुमा राखेर उनको उपचार थालिएको छ ।