भारतीय सेनाध्यक्ष नरवणेले नेपालमा तीन दिन के के गरे ?

नेपाली सेनाको प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न बुधवार नेपाल आएका थिए । बिहीबार राष्टपति निवास शितल निवासमा आयोजना भएको विशेष समारोहमा सेनाध्यक्ष नरवणेले नेपाली सेनाको मानार्थ महारथी दर्जा लिए । विहिबार नै नरवणेले दुई वटा घुम्ती अस्पताल सञ्चालन गर्न आवश्यक चार एम्बुलेन्स, चार भेन्टिेलरसहितका स्वास्थ्य सामग्री एवं उपकरण नेपाली सेनालाई हस्तान्तरण गरे । बुधबार वसन्तपुर क्षेत्र र पशुपतिनाथको दर्शन गरे । बिहिबार समकक्षी थापा र सेनाध्यक्ष नरवणेबीच भेट भयो । भेटमा उनीहरुवीच आपसी सुरक्षा चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार छलफलमा दुवै सेनाबीच उच्चस्तरीय भ्रमण र तालीमलगायत अन्य सहयोगका क्षेत्र थप विस्तार गर्दै जान समकक्षी थापा र सेनाध्यक्ष नरवणे सहमत भएका छन् । नरवणेले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे । उनले शुक्रबार शिवपुरीस्थित सैनिक कमाण्ड कलेजमा शिक्षार्थीसँग आफ्नो सैनिक जीवनको अनुभव सुनाए । र हवाइजहाजबाट हिमालय क्षेत्रको दृश्यावलोकन गरे ।
ताजा अपडेट
-
पेस्तोलसहित युवक पक्राउ
-
लोक सेवा कानूनमा के–के भयो काटकुट ?
-
जो आधाभन्दा बढी संसद् बैठकमा अनुपस्थित छन्
-
नयाँ मन्त्रीको शपथ बिहान ११ बजे
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया