NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सेवाग्राहीसँग ७५ हजार घुस लिंदालिंदै इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं । सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा अख्तियारले नुवाकोटबाट एक इन्जिनियरसहित घुसमा मोलमोलाई गर्ने स्थानीय होटल व्यवसायीलाई नियन्त्रणमा लिएको छ । शनिबार बिहान नुवाकोटस्थित बेगकोटगढी नगरपलिकाका इन्जिनियर पर्वत पौडेललाई घुस लिंदालिंदै अख्तियारले नियन्त्रणमा लिएको हो । उनीसँगै घुसमा मोलमोलाई गर्ने स्थानीय होटल व्यवसायी नारायण भट्ट पनि अख्यितारको नियन्त्रणमा परेका छन् । उनीहरु दुवै जनालाई थप अनुसन्धानकाका लागि अख्तियारले हिरासतमा लिएको छ ।