NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भेन्टिलेटरमा रहेका मीन विश्वकर्माको अवस्था सुधारोन्मुख

काठमाडौं । कोरोनाबाट संक्रमित भएका कांग्रेस केन्द्रीय तथा दलित संघका अध्यक्ष मीन विश्वकर्माको अवस्था सुधारोन्मुख हुँदै गएको छ । कोरोना संक्रमणबाट स्वास्थ्य अवस्थामा समस्या आएपछि विश्वकर्मालाई ग्रान्डी अस्पतालमा १५ कात्तिक दिउसो २ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिंदै आएको छ । छोरी सरुमा विश्वकर्माका अनुसार भेन्टिलेटरमैं भए पनि विश्वकर्माको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ‘उहाँ भेन्टिलेटरमैं हुनुहुन्छ । स्वास्थ्य सुधारोन्मुख हुँदै गएको उपचारमा संलग्न डाक्टरहरुले बताउनुभएको छ’ उनले नेपालवाचसँग भनिन्, ‘भेन्टिलेटरबाट निकालिसकिएको छैन । तत्काल निकाल्ने वा ननिकाल्ने भनेर आइतबार बेलुकासम्म डाक्टरहरुले निर्णय लिनुहुन्छ ।’ भेन्टिेलेटरमैं भए पनि १८ कात्तिकमा विश्वकर्माको होस् खुलेको थियो । काेराेनाकाे टेस्ट गर्दा नेगेटिभ पनि आएको थियाे । तर, होस् खुले पनि शारिरिक रुपमा धेरै नै कमजोर भएपछि डाक्टरहरुले तत्काल भेन्टिलेटर ननिकाली केही दिन अब्जरवेसनमा राखेका हुन् । विश्वकर्माको उपचारमा सुवास आचार्यको नेतृत्वमा आनन्द ठाकुरसहितका डाक्टरहरु खटिएका छन् । निमाेनिया र श्वासप्रश्रवासमैं विश्वकर्मालाई मुख्य समस्या भएकाे हाे । विश्वकर्मालाई १ कात्तिकमा कोरोना पुष्टि भएको थियो । त्यसपछि ८ दिनसम्म उनी होम आइसोलेसनमा नै बसेका थिए । ९ कात्तिकमा वीर अस्पतालमा भर्ना भएर तीन दिन बसे पनि स्वास्थ्यमा सुधार नभएपछि उपचारका लागि विश्वकर्मालाई ग्रान्डी अस्पताल लगिएको थियो । यस अघिदेखि विश्वकर्माले प्रेसरको सामान्य औषधी खाँदै आएको जानकारी दलित संघका सचिव दिपक सोनी सुनारले दिए । याे पनि पढ्नुस् कोरोनापछि भेन्टिलेटरमा राखिएका कांग्रेस नेता विश्वकर्माकाे अवस्था उस्तै भेन्टिलेटरमा रहेका विश्वकर्माको होस खुल्यो, कोरोना रिपोर्ट नेगेटिभ