NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

घोडाबाट लडेर मुख्यमन्त्री घाइते भएपछि ..

हुम्ला । शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका हुन् । सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चढ्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर घाइते भएका हुन् । मुख्यमन्त्री शाहीले चढेको घोडा तर्सिदा लडेर घाइते भएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए । मुख्यमन्त्री शाहीलाई अहिल सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ । सदरमुकाम सुर्खेत आएलगत्तै उनको टाउकोको सिटीस्क्यान गरिएको थियो । सिटीस्क्यानमा उनलाई कुनै गम्भीर समस्या नभएको पाइएको छ । मुख्यमन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । स्थानीय जलविद्युतको अवलोकन गरेर अर्को गाउँमा घोडाबाट जाने क्रममा उनी लडेका हुन् । हुम्ला पुगेका बेला मुख्यमन्त्री शाहीको चीनसँग सीमा जोडिएको क्षेत्रको लिमी, लाप्चा पनि जाने कार्यक्रम थियो । तर, टाउकोमा सामान्य चोट लागेपछि शाही सुर्खेत फर्किएका हुन् । पछिल्लो समय चीनले सीमा मिचेको भन्ने विषय आएपछि मुख्यमन्त्रीलाई ती ठाउँमा घुमाउने आफूरुको तयारी रहेको जानकारी कांग्रेस नेता जीवनबहादुर शाहीले दिए । तर, उनी जान पाएनन् ।

ताजा अपडेट

नेपालवाच विशेष