NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बादलभन्दा माथि : स्वर्गीय आनन्द दिने बेथानचोक नारायणस्थान (फोटोफिचर)

काभ्रेको बेथानचोक गाउँपालिका-३ मा अवस्थित नारायणस्थान समुद्र सतहबाट तीन हजार १८ मिटर माथि पर्छ । जुन दक्षिण महाभारत रेन्जको सबैभन्दा अग्लो स्थान हो । यही अग्लो स्थानमा पुग्दा बादलमाथि पुगेको मात्रै अनुभव हुँदैन, सुन्दर सूर्योदयसँग बिहानीलाई आत्सात गर्न सकिन्छ । प्राकृतिक आनन्द लुट्न पछिल्लो समय बेथानचोक नारायणस्थानमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यले मोहित बनाउँछ । अग्लो स्थानबाट देखिने हिमालको लहरले अर्को सुन्दरता थपेको छ । बुट्टा काटेको जस्तो सुन्दर पहाडले सबैलाई लोभ्याउँछ । जहाँ काभ्रेको बनेपा, पनौती ढुंखर्क हुँदै पुग्न सकिन्छ । फोटो सौजन्य : विवेक श्रेष्ठ