NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

२८१७ जनामा कोरोना संक्रमण, २१ को मृत्यु

काठमाडाैं । नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ पुगेको छ । त्यस्तै नयाँ संक्रमितको संख्या दुई हजार आठ सय १७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ जनाको पिसिआर परिक्षण गरेकोमा नयाँ संक्रमितको संख्या दुई हजार आठ सय १७ रहेको छ । त्यस्तै, कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार नौ सय २६ रहेको छ ।पछिल्लो २४ घण्टामा गम्भीर संक्रमणमा परी भेन्टिलेटरमा उपचार हुनेको संख्या ८२ रहेको छ । थप तीन सय ९८ आईसीयुमा उपचारारत छन् । पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप एक हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण हुनेमध्ये काठमाडाैं मा एक हजार दुई सय ९४, ललितपुरमा एक सय ६२ तथा भक्तपुर ७७ रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष