NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बाइडनलाई बधाई दिनेमा कांग्रेस नेता अगाडि कम्युनिष्ट नेता चुपचाप

काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडन निर्वाचन भएपछि उनलाई बधाई दिने क्रम सुरु भएको छ । नेपालका नेताहरुले सामाजिक संजालमार्फत राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिइरहेका छन् । नेपालको प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्व प्रधानमन्त्री डा‌. बाबुराम भट्टराईले सामाजिक संजाल ट्वीटर र फेसबुकमार्फत बधाई दिएका छन् । बधाई दिनेको सूचीमा रामचन्द्र पौडल, विश्वप्रकाश शर्मा, गगन थापासहितका नेता छन् । कांग्रेस बाहेक राप्रपाका कमल थापा र साझाका रविन्द्र मिश्रसम्म छन् । तर, अहिलेसम्म नेकपाका प्रभावशाली कुनै नेता र सिनियर नेताले सामाजिक संजालबाट अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई दिइसकेका छैन । कसले के भने :