राष्ट्रपतिसँगै श्रीमती पनि गुमाउँदै ट्रम्प !

अमिरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेसँगै उनको डिभोर्सको चर्चा सुरु भएको छ । ट्रम्प प्रशासनका पूर्व सहयोगीहरूले गरेको दावी अनुसार ट्रम्प पत्नी मेलानिया पति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालयबाट बाहिरीएपछि सम्बन्धविच्छेद गर्ने तरखरमा छिन् । याे दाबी डेली मेल यूकेले आइतवार एक रिपोर्टमा प्रकाशित गरेको छ । अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको वरिष्ठ सल्लाहकारको रुपमा नियुक्त भएकी पूर्वसहयोयी स्टेफानी वोल्कोफले ट्रम्पको ह्वाइटहाउसमा छुट्टै बेडरुम भएको र उनीहरूको सम्बन्ध ‘लेनदेन’ मात्र भएको दाबी गरेकी छन् । अर्का सहयोगी ओमारोसा मानीगल्ट न्यूूम्यानले पनि ट्रम्प दम्पतीको १५ वर्षे वैवाहिक सम्बन्ध सकिएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘ट्रम्प कतिवेला पदबाट बाहिर आउलान् र सम्बन्ध विच्छेद गरौं भनेर मेलानिया प्रतिक्षामा छिन् ।’ ५० वर्षिया मेलानियाले आफ्नो र ट्रम्पको वैवाहिक सम्बन्ध राम्रो भएको दाबी गर्दै आएपनि सार्वजनिक स्थलमा दुईबीच सौहार्द सम्बन्ध देखिन्थेन । उल्लेखनीय कुरा के छ भने, डोनाल्ड ट्रम्पकी दोस्रो पत्नी मार्ला मेपल्ससँग विवाहपूर्वको सम्झौतामा उनलाई कुनै पुस्तक प्रकाशित गर्न वा ट्रम्पको आलोचना गर्ने अन्तर्वार्ता नदिन सम्झौता भएको थियो । यतिबेला मेलानियाले पनि त्यस्तै मौनताको लागि सहमत भएको अनुमान गरिएको छ । – एजेन्सी
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया