NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

दोस्रो कार्यकालका लागि अभागी रिपब्लिकन : ट्रम्प बहालवाला हुँदा जित्न नसक्ने छैटौं राष्ट्रपति

अमेरिकाको इतिहासमा राष्ट्रपतीय निर्वाचनमा दोस्रो चुनाव हार्नेमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प छैठौं राष्ट्रपति बनेका छन् । तीन दशकको इतिहासमा दोस्रो चुनाव हार्नेमा भने उनी पहिलो हुन् ।अमेरिकामा सन् १७८९ यता भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका ट्रम्पसहित विभिन्न पार्टीका एघार जना उम्मेदवारले दोश्रो चुनाव हारिसकेका छन् । अमेरिकामा राष्ट्रपति पदको लागि भएको दोश्रो चुनाव हार्नेमा रिपब्लिकन पार्टीका उम्मेदवारको संख्या धेरै छ । फापेन रिपब्लिकनलाई दोस्रो चुनाव अमेरिकामा सन् १७८९ बाट राष्ट्रपतिको निर्वाचन सुरु भएको हो । त्यसयता अमेरिकामा डेमोक्रेटिक पार्टीका जो बाइडेनसहित ४६ व्यक्ति अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् । अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएर ४६ औं राष्ट्रपति बनेका हुन् । पपुलिस्ट, संरक्षणवादी, पृथकतावादी तथा राष्ट्रवादी विचारधाराका कारण ट्रम्प सधैं विवादमा पर्ने गरेका छन् । अमेरिकाको ४५ औं राष्ट्रपति बनेको सुरुवातमैं ओबामा कियरलाई लिएर विवादमा तानिएका ट्रम्प मेक्सिकन आप्रवासी, पेरिस आक्रमणको विषयलाई लिएर समेत विवादमा परेका छन् । ट्रम्प झैं रिपब्लिकन पार्टीका जर्ज एच् डब्लु बुस पनि दोश्रो निर्वाचनमा डेमोक्रेटिक पार्टीका बिल क्लिन्टनबाट पराजित भएका थिए । सन् १९९२ मा भएको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति क्लिन्टनले तीन सय ७० इलेक्टोरल कलेज भोटका साथ जर्ज एच् डब्लू बुसलाई पराजित गरेका थिए । पूर्वराष्ट्रपति बुस अमेरिकाको ४१ औ राष्ट्रपति हुन् । बुसको पालामा अमेरिकाले आर्थिक मन्दीको सामना गर्नु परेको थियो । साथै, उनले अन्यदेशसित भएको शीतयुद्धमा विदेश नीतिलाई कम प्राथमिकता दिएको आरोप खेप्नु परेको थियो । रिपब्लिकन पार्टीबाट दोश्रो चुनाव हार्नेमा अमेरिकाका ३४ औं राष्ट्रपति गेराल्ड फोर्ड, हर्बर्ट हूवर, विलियम हवार्ड ट्याफ्टको नाम पनि अंग्रपक्तिमा आउँछ । सन् १९७७ को चुनावमा जिमी कार्टरबाट पराजित भएका थिए । सन् १९७४ मा भएको वाटरगेट घोटालाका कारण रिचार्ड निक्सनले आफ्नो पदबाट राजिनामा दिएपछि उपराष्ट्रपति फार्डलाई राष्ट्रपति पदमा नियुक्त गरिएको थियो । रिपब्लिकन पार्टीका हर्बर्ट हूवर सन् १९३२ मा डेमोक्रेटिक पार्टीका फ्रेकलिन डी रोजभेल्टद्धारा पराजित भएका थिए । त्यस्तै, रिपब्लिकन पार्टीका विलियम हवार्ड ट्याफ्ट उड रो विल्सनबाट पराजित भएका थिए । रिपब्लिकन पार्टीका बेञ्जामिन ह्यारिसन पनि सन् १८९२ मा भएको दोश्रो चुनावमा डेमोक्रेटिक पार्टीका ग्रोभर क्लिभलेण्डबाट पराजित भएका थिए । दोश्रो पटकको चुनाव हार्नेमा डेमोक्रेटिक पार्टींका जिमी कार्टर रहेका छन् । सन् १९८० को दोश्रो पटकको राष्ट्रपतीय चुनावमा भने अमेरिकाका ३९ औ राष्ट्रपति डेमोक्रेटिक पार्टीका जिमी कार्टरलाई रिपब्लिकन पार्टीका रोनाल्ड रेगनले हराएका थिए । एक पटकमात्र चुनाव जित्नेमा अमेरिकामा दश राष्ट्रपति अमेरिकामा एक पटकमात्र राष्ट्रपति हुनेमा ट्रम्प बाहेक अन्य दश राष्ट्रपति छन् । अमेरिकामा राष्ट्रपतिको चुनाव सुरु भएसँगै फेडरल पार्टीका जोन एडम्स, विग पार्टी जोन क्विन्सी एडम्स, फ्रि स्वायलका मार्टिन भान बुरेन, डेमोक्रेटिकका फ्रयाङलिन पायर्स, रिपब्लिकनका बेन्जामिन ह्यारिसन, रिपब्लिकनका विलियम हवार्ड ट्याफ्ट, रिपब्लिकनका हर्बर्ट हुभेर, डेमोक्रेटिकका जिमी कार्टर, रिपब्लिकनका जर्ज एच डब्ल्यु बुस, र डोनाल्ड ट्रम्प एक पटकमात्र राष्ट्रपति भएका छन् । यद्यपी, अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले दोश्रो कार्यकालका लागि सन् २०२४ मा पुन चुनाव लड्न पाउनेछन् ।