NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

शिथिल भएको पर्यटन जगाउन के गर्ने ?

काठमाडौं । सरकारले यही १ कात्तिकबाट विदेशी पर्यटकका लागि पर्वतारोहण र पदयात्रा खुला गर्ने निर्णय गर्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी १ मंसिरदेखि वायुसेवा, धार्मिक स्थल लगायतका सबै पर्यटकीय गतिविधि खुला गर्ने प्रस्ताव सिसिएमसी (कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर) मा पठाएको छ । कोरोना महामारी र लामो लकडाउनका कारण थलिएको पर्यटन क्षेत्रलाई विस्तारै जगाउन खोजेको सन्देश सरकारले दिन खोजेको छ । महामारी मत्थर नभइसकेको अहिलेको अवस्थामा बाह्य पर्यटकको आगमन त्यति सहज नदेखिए पनि आन्तरिक पर्यटन जगाउन सकिने बुझाई सरकार र निजी क्षेत्र दुवैमा छ । ‘तत्काल गर्नुपर्ने काममा ढिला नगरौं’ थलिएको पर्यटन क्षेत्रको पुनस्र्थापनाका लागि प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताउँछन्, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत –सिईओ) दीपकराज जोशी । ‘नेपालमा हुने गतिविधि मूलतः पदयात्रा, पर्वतारोहण, जंगल सफारी लगायत हुन्, यस्ता गतिविधि आफैंमा आइसोलेटेड हुन्,’ उनी भन्छन्, ‘कोेरोनाको प्रकोपपछि पर्यटकहरूको रुची यस्तै आइसोलेटेड गतिविधीमा बढ्ने र यसका लागि नेपाल उपयुक्त गन्तव्य हो ।’ यसका लागि सरोकारवाला निकायले पर्याप्त तयारी गर्नुपर्ने उनी बताउँछन् । जारी सुरक्षा प्रोटोकोलको कडाइका साथ पालना गरेर पर्यटकीय गतिविधि खुकुलो बनाउनुपर्ने उनको सुझाव छ । सञ्चार र सूचना प्रविधिको यो समयमा डिजिटल माध्यमबाट प्रचारप्रसारलाई व्यापक बनाउन सकेको खण्डमा त्यसले पनि बाह्य पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने उनको भनाइ छ ।हालको अवस्थामा केही पर्यटकीय गतिविधी खुलेपनि त्यसमा पर्यटकलाई सहजता नभएको उनी बताउँछन् । ‘अनअराइभलको भिसाको व्यवस्था छैन, कतिपय दूतावासले भिसा नदिएको गुनासो आइरहेका छन,’ उनी भन्छन् । स्पष्ट सूचना प्रवाह नहुँदा पर्यटकमा द्वविधा बढ्नुले समस्या निम्त्याउने उनी बताउँछन् । ‘पर्यटन क्षेत्रको बचाउमा राज्यले अब बलियो रणनीति ल्याउन ढिलो भइसकेको छ,’ जोशी भन्छन् । जोशीका अनुसार अस्पष्ट सूचना प्रवाहका कारण  निर्णय गर्र्ने निकायमा पर्यटन क्षेत्रबारे स्पष्ट बुझाइको कमी हुनु सरकारी र निजी क्षेत्रबीच प्रभावकारी समन्वयनको कमी भएका निर्र्णयबारे नेपाल भित्रकै सरोकारवाला र पर्यटकहरू पठाउने एजेन्सी बीच नियमित सूचनाको सम्प्रेषण नहुनु यही समस्यालाई हल गर्नका लागि निजी क्षेत्रकै प्रयासमा पर्यटन पुनरुत्थान कार्यदल गठन भएको छ । जोशी उक्त कार्यदलको संयोजकसमेत हुन् । कार्यदलले काम सुरु गरिसकेको उनले बताए । सरकारी कर्मचारीलाई विदा दिएर घुम्न पठाउने प्रस्ताव पर्यटन क्षेत्रको पुनस्र्थापनका लागि सरकारले एलटिए (लिभ ट्राभल अलावेन्स)लाई अनिवार्य रूपमा अघि बढाउनुपर्नेमा जोड दिन्छन्, नेपाल एसोसियसन अफ ट्राभल एण्ड टुर्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईं । उनका अनुसार नाट्टाले एक वर्ष अघि नै सरकारलाई यसबारे पत्राचार गरेको थियो । सरकारी कर्मचारीलाई वर्षमा एक साताको विदा दिएर घुम्न पठाउने र त्यसबापत अतिरिक्त रकम पनि दिने व्यवस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने उनी बताउँछन् । यसमा सहमति जनाउँछन्, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष दीपक महत । आन्तरिक पर्यटनलाई अघि बढाउन कम्तीमा पनि घुम्न जाने सामथ्र्य भएका सरकारी कर्मचारी र निजी उद्योग प्रतिष्ठानका कर्मचारीलाई एक साताको विदा दिएर घुम्न जाने व्यवस्था मिलाउँदा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको राय छ । ‘यस्ता प्रयासले सर्वसाधारणमा पनि प्रोत्साहन बढाउँछ र आन्तरिकबाटै हामीले अन्तर्राष्ट्रिय पर्यटनको प्रचार गर्न सक्छौं ।’ महत भन्छन् । नाट्टाका अध्यक्ष गुरागाईं विद्यमान चुनौतीलाई अवसरको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिन्छन् । विदेशीमाझ नेपालको ‘चिप डेस्टिनेसन’ को छविलाई अब चिर्नुपर्ने बताउँदै उनी भन्छन्, ‘प्राकृतिक सौन्दर्य र एड्भेन्चरसँगै नेपालमा लग्जरी सर्भिस पनि छ भन्ने सन्देश दिन जरुरी छ ।’ यतिबेला सरकारले पर्यटकको ‘क्वालिटी कन्ट्रोल’ मा पनि ध्यान दिनुपर्ने उनको तर्क छ । ‘ट्राभल तथा ट्रेकिङ एजेन्सीबाट बुकिङ गरेर एड्भान्स पैसा पठाएका पर्यटकलाईमात्र अराइभल भिसा दिनुपर्छ । यसले गुणस्तरीय पर्यटकमात्र भित्र्याउन मद्दत गर्छ ।’ उनी भन्छन् । ट्रेकिङ तथा पर्वतारोहणमा ‘फ्रि परमिट’टानका पूर्वअध्यक्ष महत पर्यटन क्षेत्रको पुनस्र्थापनाका लागि हिमाल आरोहणको रोयल्टि, ट्रेकिङ पर्मिट लगायतमा छुट दिनुपर्ने बताउँछन् । ‘ढोका बन्द गर्दा यति धेरै घाटा त व्यहोर्र्यौं भने पुनस्र्थापनाका लागि पर्यटकलाई सुविधा किन नदिने ?’ उनले भने । मुस्ताङ, डोल्पाजस्ता गन्तव्यमा जाने विदशी पर्यटकलाई रोयल्टि ‘फ्रि’ गर्नुपर्ने उनको सुझाव छ । नेपाल भ्रमणमा आउने पर्यटकको स्वास्थ्य सुरक्षाको लागि ‘वान स्टप फ्लाइट डेस्टिनेसन’ को अभ्यास थाल्नुपर्ने महत बताउँछन् । यसो गर्दा पर्यटक कतै पनि ट्रान्जिटमा नपरी सिधै नेपाल आउँछन् । कतै पनि ट्रान्जिटमा नपरी पर्यटकहरू केही हदसम्म सुरक्षित हुने उनको बुझाइ छ । तिहारपछि ट्राभल प्याकेज ल्याउँदै ट्राभल एजेन्सी नाट्टाका अध्यक्ष गुरागाईं पर्यटन प्रवद्र्धनका तिहारपछि ट्राभल कम्पनीहरूले प्याकेजहरू ल्याउने बताउँछन् । यसका लागि संस्थाका सदस्य ट्राभल कम्पनीहरूसँग छलफल चलिरहेको उनको भनाइ छ । तर, यसका लागि आधारभूत पूर्वाधारमा सरकारले ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘हामीले सुझाव दिएअनुसार सरकारले ती ठाउँहरुमा बाटो, पानी र बिजुलीको सुविधा पु¥याइदिने हो भने आन्तरिक पर्यटककै माध्यमबाट अन्तर्रािष्ट्रय पर्यटन प्रवद्र्धन हुन्छ ।’ उनी भन्छन् । कस्तो छ पर्यटक आगमन स्थिति ? नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्रै एक हजार आठ सय ७४ जना विदेशी पर्यटक नेपाल आएका छन् । अहिलेको अवस्थामा यो संख्या सकारात्मक भएको बताउँछन्, बोर्डका प्रवक्ता मणिराज लामिछाने । नेपालमा मार्च २४ देखि लकडाउन सुरु भएको थियो । लकडाउनको समयमा पनि चार्टर्ड फ्लाइटमार्फत् विदेशीहरू नेपाल भित्रिरहेका थिए । मार्च महिनामै मात्रै ३४ हजार विदेशी पर्यटक नेपाल आएका थिए भने त्यसपछिका ६ महिनामा (सेप्टेमबरसम्म) झण्डै १२ सय विदेशी नेपाल भित्रिएको तथ्यांक बोर्डसँग छ । तर, यी सबै भ्रमण पर्यटकीय प्रयोजन नभए पनि त्यसले आर्थिक गतिविधिलाई टेवा पु¥याउने बताउँछन् लामिछाने । मन्त्रालयको योजना अर्थ मन्त्रालयले पर्यटन क्षेत्रको लागि ०७७/७८ मा डेढ खर्ब रुपैयाँ बजेट छुट्याएको छ । तर, त्यसको कार्यविधि अझै बनिसकेको छैन । कार्यविधि नबन्दा व्यवसायीहरूले आर्थिक प्याकेज अझै पाएका छैनन् । पर्यटन मन्त्रालययले यसबारे राष्ट्र बैंकलाई सिफारिस गरेपनि बैंकबाट निर्णय नआइसकेको मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले बताए ।