NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सरकारलाई संसदीय समितिको निर्देशन – ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं । संसद्को राज्यव्यवस्था समितिले नेपालको अगाडि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाएर ‘नेपाल’ मात्रै लेख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो । मन्त्रिपरिषद्को गत ११ असोजको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाएर ‘नेपाल’ मात्रै लेख्ने निर्णय गरेको थियो । नेपाली र अंग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता कायम गर्ने भन्दै सरकारले उक्त निर्णय गरेको थियो । समितिले सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितलाई बोलाएर छलफल गरेको थियो । छलफलपश्चात समितिले मन्त्रिपरिषद्को उक्त निर्णय फिर्ता लिन सरकारलाई निर्देशन दिएको हो ।