NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

देशभर थप २५७१ संक्रमित, १८ को मृत्यु

काठमाडौं । देशभर थप दुई हजार पाँच सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एघार हजार एक सय ७७ जनाले पिसिआर परीक्षण गराएकोमा थप दुई हजार पाँच सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक लाख ९७ हजार २४ रहेको छ । सक्रिय संक्रमितको संख्या ३६ हजार एक सय ७४ पुगेको छ । कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार एक सय २६ रहेको छ । थप ८३ जना भेन्टिलेटरमा उपचाररत छन् भने चार सय ११ जना आईसीयूमा उपचाररत छन् । नेपालमा हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या एक लाख उनान्साठी हजार सात सय २४ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडांै उपत्यकामा थप एक हजार चार सय २८ जना कोरोना संक्रमित भएका छन् । काठमाडौ उपत्यकामा कोरोना संक्रमित हुनेमा सात सय ९८ पुरुष तथा छ सय ३० महिला रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष