NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अमेरिकी डलरभन्दा पनि शक्तिशाली छन् यी ८ देशका मुद्रा

प्रायः मानिसलाई थाहा छ, विश्वको बलियो शक्तिशाली मुद्रा भनेपछि बेलायतको पाउण्ड स्ट्रलिङ, स्विस फ़्रैंक, युएस डलर, युरो र अरु धेरै होलान् भन्ने लाग्छ। यी विकसित राष्ट्रका मुद्रा मात्र हाेइन यिनीहरुको अर्थतन्त्र पनि बलियो छ । तर, विश्वमा यस्ता देश छन् जसको मुद्रा अमेरिकी डलरभन्दा धेरै माथि छ। यस्तै विश्वका १० शक्तिशाली मुद्राको चर्चा यहाँ गरिएको छ । १. कुवेत डिनार (१ केडब्ल्युडी = ३.२७ युएस डलर, ३८८.नेपाली रुपैयाँ) : कुवेत राष्ट्रिय मुद्रा कुवेत डिनार हो । सानो देश भए पनि यस देशको आर्थिक स्रोत विश्जबजारमा इन्धन (तेल) निर्यात गरेर एकदम मजबुत छ । यहाँको ८० प्रतिशत भन्दा बढी आम्दानीको स्रोत इन्धन उद्योग हो । यो देशको मुदा शक्तिशाली मुद्राको पहिलो नम्बरमा छ । एक कुवेती डिनारको तीन दशमलव २७ डलर प्राप्त गर्न सकिन्छ । नेपालमा कुवेती एक रुपैयाँको ३८८ नेपाली रुपैयाँ प्राप्त गर्न सकिन्छ । २. बहराइन डिनर (१ बिएचडी = २.६५ युएस डलर, ३१४ नेपाली रुपैयाँ) : बहराइन पनि कुवेत जस्तै सानो खाडी मुलुक हो । यहाँका आइल्याण्डहरु प्रसिद्ध छन् । यसको ठूलो आम्दानी गर्ने स्रोत भनेकै पेट्रोलियम पदार्थको साथै कालो सुन निर्यात हो । ३. ओमानी रियल (१ ओएमआर = २.६० युएस डलर, ३०८ नेपाली रुपैयाँ) : ओमन पनि एक खाडी मुलुक हो र यसले ठूलो परिमाणमा पेट्रोलियम पदार्थको निर्यात गर्दछ । यो विकसित र मजबुत अर्थव्यवस्था भएको ओमानको राष्ट्रिय मुद्रा हो । ४. जोर्डानियन डिनार (१ जेओडी = १.४१ यु एस डलर, १६७ नेपाली रुपैयाँ) : जोर्डन अरु देशको झै पेट्रोलियम पदार्थको निर्यात गर्दैन र पनि विश्वको पावरफूल करेन्सीको लिष्टमा नाम आउँछ । यस देशको धेरैजसो भू–भाग मरुभूमि पर्दछ । ५. पाउण्ड स्टर्लिङ (१ पाउण्ड = १.३० यु एस डलर, १५५ ने.रु) : पाउन्ड स्टर्लिङ संयुक्त अधिराज्यको साथै जर्सी, आइलक्ड म्यान, जिब्राल्टर साउथ जर्जिया र अरु ब्रिटिस ओभर्सिजको राष्ट्रिय मुद्रा हो । ६. केमान आइल्याण्ड डलर (१ केम्यान डलर = १.२० युएस डलर) : ब्रिटिस ओभर्सिज केमान आएल्याण्डको राष्ट्रिय मुद्रा हो । यो आइल्याण्ड समुन्द्री तट, रिसोर्टहरुको लागि प्रख्यात छ । ७. युरो (१ युरो = १.१८ युुएस डलर, १४० ने.रु.) : युरो युरोपियन राज्यहरुको आधिकारिक मुद्रा हो । युरो युरोपका देशहरुमा प्रचलनमा आएको एक साझा मुद्रा हो । ८. (१ स्वीस = १.१० युएस डलर, १३१ ने.रु. ) : स्वीस फ्राङक स्वीटजरल्याण्डको राष्ट्रिय मुद्रा यो । सबैभन्दा धनी र विकसित राष्ट्रहरु मध्येमा पर्दछ । विश्व बैङ्क पनि यसै देशमा पर्दछ । यस देशको राम्रो व्यवस्था र नीतिहरुका कारण यो देश समृद्ध छ । ९. युएस डलर १ को ११८ ने.रु.) : अन्तर्राष्ट्रिय बजारमा चल्तीमा रहेको मुद्रा हो अमेरिकन डलर । संयुक्त राज्य अमेरिकाको यो मुद्रा अरु धेरै देशको मुद्राको मापनका लागि प्रयोग गरिन्छ । अमेरिका हलिउड, म्युजिक र टेक्नोलोजीको लागि प्रख्यात छ । अरु मुद्रा झै अमेरिकन डलर पनि विश्व अर्थव्यवस्थाको हिसाबमा परिवर्तन हुन्छ । १०. क्यानेडियन डलर (१ सिए डलर = ०.६७ युएस डलर, ९१ ने.रु) : क्यानेडियन डलर क्यानडा देशको राष्ट्रिय मुद्रा हो । क्यानडा विशेष गरेर शिक्षा प्रणाली र तालहरुको लागि प्रसिद्ध छ ।