NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

२९ दिने सुत्केरी शिशुसहित तीन दिनदेखि प्रहरी हिरासतमा

काठमाडाैं । तम्घासको चिसो, झन् त्यसैमा सिरेटो चल्न थालेको छ । बिहान–बेलुका मात्रै होइन, दिउँसो पनि हातखुट्टाका औँला चलाउन मुस्किल हुन्छन् । मुटु काँप्ने चिसोमा गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाकी २८ वर्षीया रमिता भुसाल भने तीन दिनदेखि २९ दिने शिशुसहित जिल्ला प्रहरी कार्यालयको हिरासतमा कष्टकर दैनिकी गुजारी रहेकी छन् । सोमबार मध्याह्न जिल्ला प्रहरी कार्यालय परिसरमा शिशुलाई घामले सेक्दै गरेकी उनले अनाहकमा दुःख पाएको बताइन् । ‘मेरो त केही चिन्ता थिएन, यसलाई केही हुन्छ कि भन्ने डर लागेको छ,’ रमिताले शिशुलाई घाम सेक्दै भनिन्, ‘यस्तो चिसो छ, मलाई नै गाह्रो भएको छ । न्याना लुगाकपडा छैनन्, यसलाई के पो हुने हो ।’ उनले तीन दिनदेखि २९ दिने शिशुसहित प्रहरी हिरासतमा बस्नुको कारण भने बहुविवाहको उजुरी हो । साढे दुई वर्षअघि उनको वाग्लाका ३३ वर्षीय मनिराम घिमिरेसँग बिहे भएको थियो । उनलाई मनिरामको दोस्रो बिहे हो भन्ने पनि थाहा थिएन । ‘अहिलेसम्म उहाँको बिहे भएको हो भन्ने थाहा थिएन, प्रहरीले पक्राउ गरेपछि मात्रै बिहे गरेको रहेछ भन्ने थाहा पाएँ,’ रमिताले सुनाइन् । २१ कात्तिक बिहान, ४ बजे । बुटवलस्थित उनको कोठा कसैले ढकढकायो । उनी शिशुलाई काखी च्यापेर सुतिरहेकी थिइन् । ‘कसले ढोका ढकढकायो भनेर खोलेको त प्रहरी पो रहेछन्,’ रमिताले भनिन्, ‘दुवैजना हामीसँगै जानुपर्छ, हिँड्नुस भनेर बिहान ४ बजे नै ल्याए ।’ पूरा समाचार नयाँ पत्रिकामा पढ्नुस् ।