NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

महामारीबीच विद्यालय खोल्ने सरकारको तयारी !

काठमाडाैं । कोरोना संक्रमणको जोखिम बढिरहेका बेला सरकारले भने विद्यालय खुलाउने गृहकार्य थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालन र वैकल्पिक कक्षालाई सँगसँगै अगाडि बढाउने तयारी थालेको हो । कोरोनाकै कारण कतिपय प्रशासन कार्यालय र स्थानीय तहका नियमित सेवासमेत बन्द गरेको सरकारले कलिला बालबालिकालाई भने संक्रमणको उच्च जोखिममा पार्ने गरी विद्यालय खुलाउन खोजेको हो । संक्रमण देखिएकै कारण सरकारले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासन कार्यालयमा आकस्मिक बाहेकका अन्य सेवाहरू कात्तिक २ यता खुलाउन सकेको छैन । यातायात, मालपोत, नापीजस्ता सेवा दिने थुप्रै कार्यालय पनि बन्द छन् । शिक्षा प्रवक्ता दीपक शर्माले शिक्षण संस्था खोल्न सक्ने गरी कार्यढाँचा जारी गर्न तयारी भएको बताए । संक्रमण कम र शून्य रहेका स्थानीय तहमा स्कुल खोल्दा पालना गर्नुपर्ने मापदण्ड र अपनाउनुपर्ने सावधानीसहित कार्ययोजना बनाइएको दाबी उनले गरे । मन्त्रिपरिषद्ले असोज २२ मा गरेको ‘कोरोना जोखिम नभएका र कम भएका स्थानीय तहमा स्वास्थ्य मापदण्ड पालना गरेर आलोपालो कक्षा सञ्चालन गर्न सकिने’ भन्ने निर्णयमा टेकेर सरकारले तयारी अघि बढाएको कान्तिपुर दैनिकको समाचारमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष