NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अख्तियारको पत्र कुल्चिएर सिमेन्ट उद्योगीको स्वार्थमा मन्त्री भट्ट

काठमाडौं । सिमेन्ट उद्योगीको स्वार्थमा निर्णय गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अख्तियारको पत्रलाई समेत कुल्चिएका छन् । खानी दोहन गर्ने सिमेन्ट उद्योगमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन विपरित मन्त्री भट्टले ती उद्योगीलाई कारबाहीबाट उन्मूक्ति दिएका हुन् । तोकिएको क्षेत्रभन्दा बाहिर गएर खानी उत्खनन् गरेको र दैनिक अनुमतिभन्दा बढी उत्खनन् गरेको भन्दै यस्ता कार्य रोक्न र कारबाही गर्न अख्तियारले भुगर्भ विभागलाई निर्देशन दिएको थियो । त्यस्तो निर्देशनको बोधार्थ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत दिएको थियो ।अख्तियारले पत्रमा विभागको कमजोरी समेत औल्याएर सचेत गराएको थियो । सिमेन्ट उद्योगले दैनिक अनुमतिभन्दा बढी उत्खनन् गरेको विषयमा अनुगमन र मूल्यांकन नै नगरी उनीहरुबाट राजस्व लिएर त्यस्ता सिमेन्ट उद्योगको गैरकानूनी कामलाई प्रश्रम दिएको अख्तियारको पत्रमा उल्लेख छ । यसरी अख्तियारले चुनढुंगा खानी दोहन गर्ने सिमेन्ट उद्योगलाई कारबाही गर्न विभागलाई निर्देशन दिएको थियो । यस्तै सिमेन्ट उद्योगले प्रयोग गरेका खानीको अनुगमन र मूल्यांकन नगरेकोमा विभागलाई सचेत गराएको थियो । तर अख्तियारको पत्रलाई कुल्चिदै मन्त्री भट्टले खानीको अधिक दोहन गरेवापत सिमेन्ट उद्योगीलाई कारबाही नगर्न निर्देशन दिएका हुन् । अख्तियारले लेखेको पत्रमा भनिएको थियो, ‘आगामी दिनमा जिम्मेवार निकायहरूले गर्ने नियमित अनुगमन तथा नियमनको अभावमा अनियमितता तथा भ्रष्टाचारजन्य कार्य हुन जाने र अव्यवस्थित उत्खनन् कार्यबाट वातावरणमा पर्न जाने नकारात्मक प्रभावले आसपासका क्षेत्र, पूर्वाधार तथा समुदायमा समेत प्रतिकूल असर पर्न जाने हुँदा उत्खनन् कार्यबाट सिर्जित वातावरणीय प्रभावको उचित व्यवस्थापन गर्न तथा गराउन र सम्बन्धित जिम्मेवार निकायबाट प्रभावकारी अनुगमन गरी कानूनसम्मत रुपमा अनुमतिप्राप्त क्षेत्रबाट हुने उत्खनन्लाई मात्र निरन्तरता दिन…।’ अनुमति बेगर कुन उद्योगले कति बढी उत्पादन गरे ? मारुती सिमेन्ट लिमिटेड – तीन लाख ७२ हजार टनसिद्धार्थ मिनरल्स प्रा.लि. – नौ लाख ८९ हजार टनउदयपुर मिनरल्स टेक प्रा.लि. – ५९ हजार नौ सय टनडोलोमाइट चुनढुंथा प्रा.लि. – एक लाख ३५ हजार टनसोनापुर मिनरल्स एण्ड आयल प्रा.लि. – १ लाख ३९ हजार आठ सय टनअन्नपूर्ण क्वारिज प्रा.लि. – तीन लाख नौ हजार टनयुनाइटेड सिमेन्ट – एक लाख ९३ हजार नौ सय टनसर्वोत्तम सिमेन्ट – दुई लाख ५१ हजार टनकञ्चन क्वेरिज – ९५ हजार टन याे पनि पढ्नुहाेस् व्यापारी पोस्ने खेलमा मन्त्री भट्ट : सिमेन्ट उद्योगबाट असुल्नुपर्ने एक अर्ब २६ करोड छुट