सुदूरपश्चिममा कोरोना सङ्क्रमितको उपचार निःशुल्क

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका हुन् । उनले प्रदेशका सबै अस्पतालहरूमा अक्सिजन बेड थप्न समेत निर्देशन दिए । छलफल पछि पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको स्वास्थ्य अवस्था र उपलब्ध उपकरणका बारेमा जानकारी लिएको र भविश्यमा आउन सक्ने संकटलाई मध्यनजर गर्दै पूर्वाधार निर्माण गर्न निर्देशन दिएको बताए । अस्पतालहरुमा अक्सिजनको आपूर्ति नियमित राख्न र आवश्यक परेमा ५० शैयाको थप एक अस्पताल निर्माणको तयारी थाल्न समेत निर्देशन दिएको मुख्यमन्त्री भट्टले बताए । उनले सुदूरपश्चिममा कोरोना संक्रमितको निशुल्क उपचार भइराखेको समेत बताए । छलफलमा सहभागी सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले प्रदेशमा स्वास्थ्य पूर्वाधारलाई व्यवस्थित पार्ने काम भइरहेको बताए । छलफलमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की, प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी, सेती प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष दुर्गा प्रसाद जोशी लगायतको सहभागिता रहेको थियो ।
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया