NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राप्रपा सरकारविरोधी जनसंघर्षमा जाने

काठमाडौं । राप्रपाले सरकार असफल भएको, भ्रष्टाचारमा लागेको भन्दै जनसंघर्षमा जाने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले बैठक गरी यस्ते निर्णय लिएकाे हाे । पार्टी अध्यक्ष कमल थापाको बुढानिलकण्ठ पासिकोटस्थित निवासमा बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समीक्षा गर्दै भावी कार्यक्रमवारे छलफल गरेको हाे। स्थानीय तहमा पार्टी समायोजनलाई तिव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता,भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्नेबारे समेत छलफल भएको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।