NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ७ गते

काठमाडौं आसपास भूकम्पको धक्का

काठमाडौं । काठमाडौं आसपास भूकम्पको धक्का महसुस गरिएको छ । केहीबेर अघि काठमाडौं आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । मंगलबार दिउसो साढे चारबजे भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । धादिङ छत्रेदेउराली केन्द्र बनाएर ३.८ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । सोमबार पनि दिउसो साढे ३ बजे ताप्लेजुङलाई केन्द्र बनाएर ४.९ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।