NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

होस्टेलको रकम नतिरेको भन्दै एमबिबिएसका दलित विद्यार्थी परीक्षा फारम भर्नबाट रोकिए

होस्टेलको रकम एकमुष्ट बुझाउन नसकेपछि विशेष छात्रवृत्तिअन्तर्गत एमबिबिएस अध्ययनरत तीन दलित विद्यार्थीलाई कलेजले परीक्षा फारम भर्नबाट वञ्चित गरेको छ । वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत सप्तरी छिन्नमस्ता गाउँपालिकाका दिनेशकुमार मरिक (डोम), जानकी मेडिकल कलेज जनकपुरमा अध्ययनरत सर्लाहीका निर्मल राम र पतञ्जली आयुर्वेद मेडिकल कलेजमा दोस्रो वर्षमा अध्ययनरत सञ्जीवकुमार राम परीक्षाको फारम भर्नबाट वञ्चित भएका छन् । धुलिखेलमा दोस्रो वर्षमा अध्ययनरत सञ्जीवकुमारको बिल चार लाख ७५ हजार पुगेको छ । ‘चार लाख ७५ हजारको बिल छ, पैसा नतिरेको कारण अहिलेसम्म मेरो रजिस्ट्रेसनसमेत भरिदिएको छैन । कति दिन कलेजले गेटबाट फर्काइदिएको छ,’ उनले भने । पूरा समाचार नयाँ पत्रिकामा पढ्नुस् ।