NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

फेसबुकमा सुसाइड नोट लेखेर जब डाक्टर बेपत्ता भए ..

काठमाडौं । सामाजिक संजाल फेसबुकमा सुसाइड नोट लेखेर एकजना डाक्टर बेपत्ता भएपछि प्रहरीले निक्कै सावधानीसाथ उनको खोजी गरेको छ । सुसाइड नोट लेखेपछि भक्तपुरबाट बेपत्ता भएका तिनै डाक्टर अन्ततः काभ्रेमा भेटिन पुगे । भक्तपुरको राधेराधेबाट हराएका दन्तरोग विशेषज्ञ डा. दिगम्बर झालाई प्रहरीले काभ्रे जिल्लाको भुम्लु गाउँपालिका १० स्थित अरनिको राजमार्गबाट भेटाएको हो । उनी हराएपछिआफन्तले टिपाएको बा१६च ८६७९ नम्बरको कारलाई देखेपछि स्थानीयले प्रहरीलालाई उनलाई भेटेको महानगरीय प्रहरी परिसर, भक्तपुरका डीएसपी दीपक गिरीले बताए ।झा ‘झोकराएर बसेको अवस्थामा फेला परेको भन्दै उनले थप अनुसन्धान गरिरहेको बताए । डा. झा राधेराधेमा द डेन्टल सिटी नामक क्लिनिक चलाएर बसेका थिए । फेसबुकमा सुसाइड नोट राखेर उनी मंगलबार बिहान करिब ५ बजेबाट घरबाट बेपत्ता भएका थिए । त्यसक्रममा प्रहरीले प्राविधिक अनुसन्धान गरेर उनको खोजी गर्न थालेको थियो । उनले प्रयो गर्ने मोबाइल काभ्रे क्षेत्रमा सक्रिय देखिएपछि काभ्रेमा उनको खोजी गरिएको थियो । परिवारमा उनको राम्रो सम्बन्ध नभएको बुझिएको प्रहरीको भनाई छ ।