NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ मंसिर १५ गते

लोकसेवाले माग्याे तीन सय पदमा दरखास्त

काठमाडौं । लोकसेवा आयोगले विभिन्न तीन सय पदका लागि दरखास्त आह्वान गरेको छ । बुधबार सूचना निकालेर आयोगले निजामति सेवामा प्राविधिकसहितका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । आयोगले विज्ञापनमा राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ दरखास्त मागेको हो । मंसिरको १६ गतेसम्ममा इच्छुकले दरखास्त हाल्नुपर्नेछ । निजामति सेवामा २१ देखि ३५ वर्ष र स्वास्थ्य सेवामा २१ देखि ४५ वर्षसम्मका लागि आवेदन दिन पाउनेछन् । बहालवालालाई उमेरहद लाग्ने छैन ।