NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

अब सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाटमात्रै, स्थानीय तहलाई दिइयो एक वर्षको समय

काठमाडौं । सामाजिक सुरक्षाबापतको रकम अब अनिवार्य रुपमा बैंकिङ प्रणालीबाटमात्र भुक्तानी हुने भएको छ । यससम्बन्धी निर्णय गरेर सरकारले गत सोमबार राजपत्रमा सूचना प्रकाशित गरेको छ । सरकारले समयसीमै तोकेर स्थानीय तहहरूलाई निर्देशन दिएको छ । सामाजिक सुरक्षा ऐन, ०७५ को दफा १७ को उपदफा ३ ले दिएको अधिकारमा टेकेर सरकारले यस्तो निर्णय गरेको हो । देशभरका स्थानीय तहहरूलाई समयसीमा तोकेर सामाजिक सुरक्षा रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्न भनेको हो । आगामी एक वर्षभित्र सबै स्थानीय तहले अनिवार्य रुपमा बैंकिङ प्रणालीबाट भुक्तानी गर्नेगरी सरकारले निर्णय गरेको हो । प्रत्यक्ष रुपमा भुक्तानी दिँदा अनियमितता भएपछि बैंकिङ प्रणालीलाई अनिवार्य गरिएको हो । राजपत्रमा उल्लेख भएअनुसार तीन सय ४० स्थानीय तह आगामी मंसिरदेखि, १ चैतदेखि एक सय ५९, ०७८ को साउन १ देखि दुई सय ४७ र १ मंसिरदेखि सात स्थानीय तहले अनिवार्य रुपमा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्नुपर्नेछ ।