NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

वामदेवलाई राष्ट्रियसभामा जाने बाटाे खुल्याे

काठमाडाैं । नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभा जाने बाटो खुलेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनी विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनको राष्ट्रियसभा जाने ढोका खुलेको हो । उपाध्यक्ष गौतमविरुद्ध सर्वोच्चमा फरक दुई वटा रिट दायर भएका थिए । गत २९ भदौमा उपाध्यक्ष गौतम राष्ट्रिय सभाका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरेकालाई राष्ट्रिय सभामा मानोनित गर्नुका साथै लाभको पद दिनु गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा अधिवक्ता बद्रीराज भट्ट र वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले रिट दायर गरेका थिए । सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहित पाँच जना न्यायाधीशको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यो आदेशसँगै वामदेवको राष्ट्रियसभा जाने ढोका खुला भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष