NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेकपाको राजनीति तताउने ओलीका शृंखलाबद्ध चर्चित ८ बाेली

काठमाडाैं । पार्टी सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच पेचिलो धुव्रीकरण देखिएको छ । बैठक बस्ने–नबस्ने विषय अब ओली र प्रचण्ड–नेपाल समूहका लागि प्रतिष्ठाको विषय बनेको छ । प्रधानमन्त्री ओलीले बैठक बोलाउनुको साटो शृंखलाबद्ध र अर्थपूर्ण अभिव्यक्ति दिइरहेका छन् साथै पार्टीभित्र नयाँ समीकरण गर्ने उनको प्रयास पनि जारी छ । यता प्रचण्ड–नेपाल समूह बहुमतसहित र औपचारिक बैठकमा अगाडि बढ्ने गृहकार्यसहित ओलीमाथि दबाब बनाउने काममा जुटेका छन् ।२६ कात्तिकमा ओलीले भने– म मानिस सानो र खुट्टाहरूसमेत सानासाना भए पनि अझै देशको कार्यभार बोक्न सक्ने अटल विश्वास र क्षमता छ संखुवासभाको किमाथांका पुगेर पनि प्रधानमन्त्री ओलीले आफू जनताबाट निर्वाचित प्रधानमन्त्री भएकाले निडर भएर अगाडि बढ्ने बताएका छन् । पार्टीभित्रको अन्तद्र्वन्द्व उत्कर्षमा पुगेका वेला संखुवासभामा किमाथांका नाका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमनका लागि पुगेका प्रधानमन्त्रीले भने, ‘बिहानै उठ्यो पार्टीको नेतृत्व परिवर्तन सुन्नुहुन्छ होला । अहिले सरकार गयो, भरे सरकार गयो, प्रधानमन्त्री फायल बोकेर राष्ट्रपतिकहाँ राजीनामा दिन जाँदैै थियो भन्ने सुन्नुहुन्छ होला । तर, म रहरले प्रधानमन्त्री भएको होइन, जनताको माया र विश्वासले देशको प्रधानमन्त्री भएको हुँ । त्यसैले कसैको रहर र चाहना पूरा गर्न राजीनामा दिन्नँ । म मानिस सानो र खुट्टाहरूसमेत सानासाना भए पनि अझै देशको कार्यभार बोक्न सक्ने अटल विश्वास र क्षमता छ । देश विकास गर्ने समृद्धि हासिल हुने कुरामा दुईमत छैन, त्यसैले ढुक्क हुनुहोस् कसैको बहकाउमा नलाग्नसमेत सम्पूर्ण महानुभावहरूमा अनुरोध गर्दछु ।’ २५ कात्तिकमा प्रचण्डलाई ओलीको चेतावनी– भिड्ने भए भिडौँ न त सचिवालय बैठकका विषयमा छलफल गर्न बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच फेरि एकपटक भनाभन भयो । ओलीसँगको संवादबारे लगत्तै प्रचण्डले धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्यहरूको बैठकमा सुनाएका थिए । त्यसमध्येका एक नेताका अनुसार चाँडो बैठक बसाल्नुपर्ने प्रचण्डको अडानमा ओलीको जवाफ थियो, ‘तपाईं र मबीच केही सहमति गर्ने हो भने गरौँ, सहमति नभई बैठक हुन्न । बैठक बसालेर भिड्न खोज्नुभएको हो भने भिडौँ । म तयार छु । पहिला पनि भनेको छु, एउटा कुनै एक्सन लिनुभयो भने म त्यसभन्दा ठूलो एक्सन लिन्छु । आज पनि दोहो¥याउँछु ।’ २३ कात्तिकमा ओलीले भने– दोस्रोपटक किड्नी फेरेपछि त सेता जुँगा पनि काला भए पार्टीका वरिष्ठ नेता नेपालसँग सहकार्यको प्रस्तावसँगै प्रधानमन्त्री ओलीले दोस्रोपटक किड्नी प्रत्यारोपणपछि झन् जोस बढेको र स्वस्थ महसुस गरेकोसमेत बताएका थिए । ‘दोस्रोपटक किड्नी फेरेपछि त सेता जुँगा पनि काला भएका छन्, जोस बढिरहेको छ, काम गरिरहेको छु, कपाल पनि कालै भइरहेको छ । हाच्छ्युँ त के ज्वरो पनि आएको छैन, एकदम स्वस्थ छु,’ ओलीले नेता नेपाल र उनीनिकट नेताहरूसँगको भेटमा भनेका थिए । २२ कात्तिकमा बहुमत सदस्यलाई ओलीको जवाफ– गुटबन्दी गरेर चलाउँछु भन्ने नठान्नुस् दुई पेज लामो लिखित अनुरोधपत्र बुझाउँदै ४८ घन्टाभित्र सहमतिको औपचारिक बैठक बोलाउन आग्रह गर्न बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत नेतालाई ओलीको जवाफ थियो, ‘पार्टी कमिटीका बैठक आवश्यकताअनुसार बस्छन् । कमिटीहरू बैठक बस्नका लागि नै हुन् । त्यसका लागि विधान, परम्परा र वैधानिक व्यवस्था छ । तपाईंहरू कहाँ–कहाँ बसेर बैठक बस्ने भन्दै गुटबन्दीको योजना बनाउनुहुन्छ, त्यस आधारमा त हुन्न नि १ पछिल्लो सचिवालय बैठकले एजेन्डामा समझदारी गरेर बैठक बस्ने निर्णय गरेको हो । बैठक कसरी सम्पन्न गर्ने भन्नेमा सहमति नभएसम्म बैठक हुन सक्दैन । समस्या बैठक नबसेर होइन, तपाईंहरूको गुटबन्दी हो । सरकार असफल पार्ने र पार्टी फुटाउने काममा लाग्नुभएको छ । ती समस्या हुन् । त्यसैले विवाद, गुटबन्दी र विघटनको बाटो छोड्नुस् । त्यसपछि सल्लाहबाटै बैठक भइहाल्छ । गुटबन्दी गरेर चलाउँछु भन्ने नठान्नुस् ।’ औपचारिक बैठक राखे त्यही नै पार्टी विभाजनको बिन्दु बन्ने ओलीको चेतावनी थियो । २० कात्तिकमा प्रचण्डसँगको भेटमा ओलीले भने– सबै तानाबानाको म सामना गर्छु बालुवाटार पुगेका प्रचण्डसँग ओलीको भनाइ थियो, ‘अहिले बैठकको केही जरुरी छैन । सबै कमिटी गुट नै हुन् । खुमलटारमा त दिनहुँ गुटकै बैठक राख्नुभएकै छ, भेला पनि गरिराख्नुभएकै छ । अहिले भर्खर पनि कोटेश्वरमा गुटकै भेला गरेर आउनुभो क्यारे । सहमतिमा एजेन्डा तय नगरी अब बैठकै किन बस्नुप¥यो रु त्यो पनि गुटकै बैठक हुने न हो । के–के गरिरहनुभएको छ मलाई सबै थाहा छ । अविश्वासको प्रस्ताव कहाँ, कसरी तयारी भइरहेको छ, तानाबाना कसरी बुनिएको छ जानकारी छ । तर, म ती सबै तानाबानाको सामना गर्छु, प्रतिरोध गर्दै चकनाचुर पार्छु ।’ त्यसै दिन बालुवाटारमै बसेको मन्त्रिपरिषद् बैठकमा पनि ओलीले आफूलाई पार्टीभित्रैबाट हटाउने षड्यन्त्रप्रति इंगित गर्दै सबैखाले तानाबानालाई असफल बनाउने बताएका थिए । ‘सरकारलाई असफल बनाउने, घेराबन्दी गर्ने लगातार कोसिस हुँदै आएको छ, त्यस्तो कोसिस अहिले पनि जारी छ, तपाईंहरूलाई बताउन चाहन्छु, आज पनि कोटेश्वरतिर बसेका छन् भन्ने सूचना आएको छ । त्यस्ता सबैखाले तानाबाना भत्काइन्छ, सामना गरिन्छ, चकनाचुर बनाइन्छ,’ मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भनाइ थियो । १९ कात्तिकमा ओलीले भने– म राजीनामा दिनेवाला छैन कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएर प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रैबाट हटाउने षड्यन्त्र भइरहेको संकेत गरे । चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘तपाईंहरू विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ रु मेरा लागि होइन देशका लागि, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो ।’ यसकारण म राजीनामा दिनेवाला छैन, रिपिटेडली ९दोहो¥याएर० भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’ र, पार्टीभित्रका असन्तुष्टलाई ओलीले चेतावनी दिए, ‘म जनताको समर्थन र आवश्यकताले यहाँ आएको हो । जालझेल र तिकडमबाट होइन, व्यापक जनसमर्थनमा यहाँ पुगेको हुँ । त्यसकारण तपाईंहरू ढुक्क भएर काममा लाग्नुस्,’ ओलीले भनेका थिए, ‘यो सरकार यस्तो हुन्छ कि, उस्तो हुन्छ कि, बदलिन्छ कि, धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरू गरे, भित्र–बाहिर अनेकथरीका कोसिसहरू आए । जेमा पनि आलोचना गर्ने।।। जेमा पनि।।।। त्यसप्रकारका प्रवृत्तिहरू छन्, त्यसबाट प्रभावित रहनुहुन्न । एकाथरी मान्छे सधैँ अस्थिरताका लागि लागिरहेको दाबी गर्दै उनले त्यस्तो प्रयास सफल नहुने पनि प्रस्ट्याए । ‘एकथरीको अस्थिरताको खेती धेरै गर्ने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने एडिक्टजस्तो आदत छ, तर त्यस्ता एडिक्सनलाई रोकेर देशको स्थिरताका लागि काम गर्छौँ ।’ १८ कात्तिकमा मा झन ठूलो एक्सनको चेतावनी ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भयो, तर छलफल सौहार्द्र हुनुको सट्टा तिक्ततामै टुंगियो । प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले तत्काल बैठक नबस्ने, अर्को पक्षले बहुमतका बलमा बैठक बसाले त्यसको निर्णय अस्वीकार गर्ने र त्यसको बदलामा ठूलै ‘एक्सन’ लिने फेरि पनि पुरानै चेतावनी दिएर दबाब सिर्जना गरे । १६ कात्तिकमा ओलीले भने– एक कदम चाले १० कदम चाल्छु प्रचण्डसँगको संवादमा ओलीले बहुमतको बलमा अगाडि बढ्ने कोसिस भए आफूले अर्को ‘स्टेप’ चाल्ने चेतावनी दिएका थिए । कर्णालीमा मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेपछि प्रचण्डलाई टेलिफोन गरेर प्रधानमन्त्री ओलीले आफूनिकट दुई मन्त्री हटाइए जवाफमा ठूलै ‘एक्सन’ लिने कदम चाल्ने चेतावनी दिएका थिए । ओलीले निकटस्थहरूलाई कर्णालीमा आफ्नो समूहका दुई मन्त्री हटाइए प्रतिनिधिसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक देव गुरुङ र पूर्वमाओवादी समूहका तीनदेखि चार मन्त्री हटाउने जानकारी गराएका थिए । ४ कात्तिकको फोन संवादमा ओलीले भने– मिल्न सकिन्न भने आ–आफ्नो बाटो लागौँ कर्णाली विवादमा दुई नेताका सचिवालयबाट फरक फकर प्रेस नोट जारी भएपछि ओली र प्रचण्डबीच फोन संवाद भयो । ओलीको प्रेस सल्लाहकारको प्रेस नोट प्रचण्डका प्रेस संयोजकले खण्डन गरेपछि राति ओली र प्रचण्डबीच भनाभन भएको थियो । त्यस दिन पनि दुवै नेता ओली र प्रचण्डले दुवै मिल्न सकिन्न भने आ–आफ्नो बाटो लागौँ न’ भनेर फोन संवाद टुंग्याएका थिए । त्यसपछि उनीहरूबीच ११ दिनसम्म बोलचाल र भेट बन्द भएको थियो । त्यसदिन बिहानको भेटमा पनि दुई नेताबीच तनावपूर्ण संवाद भएको थियो ।स्राेत : नयाँ पत्रिका