NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेपाल वायुसेवा निगम हङकङमा तेस्रोपटक प्रतिबन्धित

काठमाडौं । काेराेना परीक्षणको नक्कली रिपोर्टका आधारमा यात्रु ल्याएको भन्दै नेपाल वायुसेवा निगमलाई हङकङले तेस्रो पटक उडान प्रतिबन्ध लगाएको छ । दोस्रो पटकको उडान फुकुवा लगत्तै भएको पहिलो फ्लाइटमा हङकङ पुगेका १४ यात्रुमा कोरोना संक्रमण देखिएपछि उडान प्रतिबन्ध लागेको हो । दोस्रो पटकको प्रतिबन्ध फुकुवा भएपछि बुधवार हङकङमा निगमको पहिलो उडान भएको थियो । अब १२ देखि २५ नोभेम्बरसम्मका लागि उडान प्रतिबन्ध लागेको छ । पछिल्लो समय निगमले हङकङमा साताको एउटामात्र उडान गर्दै आएको छ । स्वास्थ मन्त्रालय र निगमबीच समन्वय नहुँदा यो समस्या आइरहेको निगमका एक अधिकारीले बताए । ‘हामीले यसको सूक्ष्म अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘एयरलाइन्सको लागि भनेर निश्चित प्रयोगशाला तोक्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’ सरकारी प्रयोगशालाबाट परीक्षण गर्दा समयमा नतिजा नआउने कारण पनि आफूखुसी ल्याबमा परिक्षण गराउनुपर्ने समस्यालाई समयमै हल गर्नुपर्ने उनले बताए । केही दिनअघिमात्रै निगमले अब गन्तव्यमा पुगेपछि यात्रुमा कोरोना संक्रमण देखिएमा आफू जिम्मेवार नहुने बताएको थियो ।