NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

५० वर्ष बढी प्रधानमन्त्री हुने बहराइनका खलिफा को हुन् ?

बहराइनका राजकुमार खलिफा बिन सलमान अल खलिफाको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ । उनी विश्वमा सबैभन्दा धेरै समय प्रधानमन्त्री पदमा बसेर सेवा गर्ने मध्येमा पर्दछन् । उनले आफ्नो राष्ट्रको सरकार धेरै दशकसम्म चलाएका थिए । उनी सन् १९७१ देखि प्रधानमन्त्री भएका थिए । उनले झण्डै ५० वर्ष प्रधानमन्त्री भएर बिताए । उनीपछि सबैभन्दा लामो समय प्रधानमन्त्री हुनेमा कम्बोडियामा हुन सेन छन् । उनी ३६ वर्षदेखि प्रधानमन्त्री छन् । २०११ को अरब क्रान्तिको समयमा भ्रष्टाचारको आरोपमा उनलाई हटाउने माग उठेको थियो । बहराइनको सरकारी समाचार एजेन्सीले उनको निधनको घोषणा गरेको हो । समाचार स्रोतको अनुसार अमेरिकाको मेयो क्लिनिकमा खलिफाको उपचार चलिरहेको थियो । सानो देश भएपनि राजकुमार खलिफाको तागत र सम्पत्तिको झलक पुरै देशभरि देख्न पाइन्छ । खलिफाको एक नीजि द्विप थियो । जहाँ उनी विदेशी पाहुनाहरुसँग बस्ने गर्थे । प्रिन्स खाडी मुलुकहरुको नेतृत्व गर्ने पुरानो चलनलाई निरन्तरता दिंदै सुन्नी अल खलिफा परिवारप्रति समर्थन गर्नेहरुलाई पुरस्कार दिन्थे । उनको यस्तो तरिकाको विरुद्ध सन् २०११ मा प्रदर्श भएको थियो ।