NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

दुई महिला बेच्न खोज्ने तीन जना पोखराबाट पक्राउ

काठमाडाैं । दुई जना महिला बेच्न खोज्ने तीन जनालाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको छ । उनीहरूले वैदेशिक रोजगारीको लागि विदेश पठाइदिने र विदेश पठाउनको लागि आवश्यक पर्ने सम्पूर्ण रकमसमेत आफैंले उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारेका थिए । पक्राउ पर्नेहरूमा कास्की मादी गाउँपालिका– १ खेलुङका २१ वर्षीय जीवन नेपाली, काभ्रे पाँचखाल नगरपालिका– ४ तामाघाटका २६ वर्षीय आशिष भुजेल र कास्की पोखरा महानगरपालिका–४ बगालेटोलका ३० वर्षीया अन्जु गुरुङ रहेका छन् । उनीहरूले ती महिलालाई पोखरा महानगरपालिका ६ लेकसाइडस्थित कोठामा बन्धक बनाइ जबरजस्ती बेश्याबृतिमा संलग्न गराउने उद्देश्यले शारीरिक तथा मानसिक यातना दिएको र रकमको मोलमलाई गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत ८ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । साथै पीडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।