NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आफ्ना नेतालाई फसाउन खोजेको भन्दै नेविसंघको आपत्ति

काठमाडौं । नेविसंघले पछिल्लो समय त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक माथि भएको दुःखद घटनापछि घटनालाई बंंग्याउने काम भएको आरोप लगाएको छ । अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी यस विषयमा जे जस्ता समाचार बाहिर आए ती वास्तविक पृष्ठभूमीमा आधारित भन्दा पनि घटनाको सतहमा देखिएका कुराहरुलाई वङ्गाएर र नियोजित रुपमा एक पक्षीय समाचार मात्र बााहिर आइरहेको दाबी गरेका छन् । यस्तो आरोपमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले भनेका छन्– घटनाको वास्तविकता तर्फ केन्द्रित नभई यस्ता घटना घटाउन उद्धत विश्वविद्यालय पदाधिकारी स्वयम राजनीतिक सत्ता र शक्तिको आडमा विश्वविद्यालयमा भइरहेको चरम कम्युनिष्टकरण, अराजकता र अपराधीकरणको ढाकछोपमा लागि परिरहेकै छन् । आफ्ना नेतालाई फसाउन खोजेको भन्दै नेविसंघले आपत्ति जनाएको छ । यस्तो छ विज्ञप्ति मिति :२०७७/०७/२८ पछिल्लो समय त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक माथि भएको दुःखद घटनापछि यस विषयमा जे जस्ता समाचार बाहिर आए ती वास्तविक पृष्ठभूमीमा आधारित भन्दा पनि घटनाको सतहमा देखिएका कुराहरुलाई वङ्गाएर र नियोजित रुपमा एक पक्षीय समाचार मात्र बााहिर आइरहेका सन्दर्भमा नेपाल विद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको छ । घटनाको वास्तविकता तर्फ केन्द्रित नभई यस्ता घटना घटाउन उद्धत विश्वविद्यालय पदाधिकारी स्वयम राजनीतिक सत्ता र शक्तिको आडमा विश्वविद्यालयमा भइरहेको चरम कम्युनिष्टकरण, अराजकता र अपराधीकरणको ढाकछोपमा लागि परिरहेकै छन् । उक्त घटनामा त्रिवि प्रशासन र सरकार पक्षनै सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै विद्यार्थीहरुलाई झुठा मुद्धा लगाउने र प्रहरी प्रशासनको वलमा विद्यार्थी उपर मुद्धा दर्ता गरिनुले त्रिवि प्रशासन र प्रहरी प्रशासनले राजनितिक आडमा नियोजित रुपमा ने.वि. संघका नेताहरुलाई फसाइ राजनितिक प्रतिशोध लिन उद्यत छ भन्ने स्पष्ट भएको छ । वर्तमान सरकार र सत्ताका मुख पत्र मानिने केही अनलाइन समाचार माध्यम र प्रिन्ट मिडियाबाट समेत यस घटनासँग सम्वन्धित समाचारहरु गलत नियत र कुप्रचारका निम्ति नियोजित रुपमा प्रचार प्रसारमा ल्याइनुले सत्ताको तावेदारी स्पष्ट झल्किएको छ । त्रि.वि.वि. का ने.वि.संघ सम्वद्ध विद्यार्थी नेताहरुलाई उक्त घटना सँग अनावश्यक रुपमा जोडेर प्रचार प्रसार गर्ने, ति विद्यार्थी नेताहरुको फोटो समेत छापि प्रहरीले भन्दा पहिला नियोजित रुपमा केहि मिडियालेनै ति विद्यार्थी नेताहरुलाई दोषि करार गर्नु व्यावसायिक पत्रकारिताको विरुद्ध हो । नेपाल विद्यार्थी संघ सधैव स्वतन्त्र पत्रकारिता, स्वतन्त्र न्यायपालिका र लोकतन्त्रका लागि सङघर्ष गरेको र यसका रक्षाका लागि जस्तो सुकै कदम उठाउन पनि सधैव तयार छ । तथापि सत्ताका तावेदारिका लागि एक पक्षिय र नियोजित रुपमा गरिएका सुचना सम्प्रेशणले समाजमा गलत सुचना प्रवाह गरिरहेको र यसैको आडमा प्रहरी प्रशासन र राज्य संयमत्रले ने.वि. संघ समर्थित विद्यार्थीमाथी गरेको ज्याजति र झुठा मुद्धाको ढाकछोप गरीरहेको प्रति सचेत रहन ने.वि. संघ अनुरोध गर्दछ । प्रहरीकोमा जाहेरी पर्दैमा र प्रहरीले अनुसन्धान गर्दैमा कोही दोषि करार हुदैन । यसको अन्तिम फैसला गर्ने भनेकै अदालतले हो । स्वतन्त्र न्यायपालिकाको मर्म वमोजिम सम्मानित अदालतले गरेको निर्णय प्रति नेवि.संघ सधैव प्रतिवद्ध छ । तथापि व्यावसायिक पत्रकारिता गरिमालाई ख्याल नगरि राज्य सत्ताको गलत नियतमा मिडियामा प्रयोग हुनु लोकतन्त्र र सामाजिक न्यायका लागि पनि दुर्भाग्य हो । सम्पुर्ण राज्य सत्ताको प्रयोग गरि विद्यार्थी उपर गरिएको ज्याजति विरुद्ध नेवि संघ सदैव सङघर्षरत रहने छ । साथै त्रिचन्द्र क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख माथी मरणासन्न हुनेगरी अनेरास्वबियु सम्बद्ध कार्यकर्ता हरुद्वारा कार्यकक्षमा नै निर्घात कुटपिट हुँदा तत्कालीन सत्ताको बलमा घटना संग सम्बन्धित मुद्दालाई नै कमजोर रुपमा प्रस्तुत गराइ आक्रमणका दोषी लाई उन्मुक्ति दिएको तथ्य जगजाहेर छ। सम्मान्य कुटपिटको घटना लाई सत्ता र राज्यशक्तिको आडमा ज्यान मार्ने उद्योग जस्तो गम्भिर मुद्दाका रुपमा अभियोजन गरि फसाउन खोजिएको षडयन्त्रका बिरुद्ध हाम्रो संघर्ष जारी रहने छ भने यस सम्बन्धी यातना क्षतिपूर्ति,धरौटी फिर्ता लगाएत थप कानुनी उपचारका निम्ति हामी कृयाशिल रहने छौं । यस घटनामा प्रहरी प्रशासनले मुद्धा अदालतमा दर्ता गरिसकेपछि पनि मिडियाले नियोजित रुपमा ने.वि. संघका नेताहरु र नेपाली कांग्रेसका विभिन्न शिर्ष नेताहरुको नाम समेत उल्लेख गरि समाचारहरु सम्प्रेसण गर्नु, न्यायिक प्रकृयामै रहेको घटना उपर सुनियोजित दुसप्रचार गर्ने र यसकै आडमा न्यायलयलाई समेत प्रभावमा पारि आफु अनुकुलको निर्णय गराउने र जसरी पनि नेवि संघका विद्यार्थीहरुलाई झुठा मुद्धामा फसाउने र राजनितिक प्रतिशोध साध्ने काममा उद्दत भएको प्रति नेवि संघ केन्द्रिय समितिको गम्भिर ध्यानाकर्षण भएको छ । जय नेपाल ! राजिव ढुङगाना अध्यक्ष नेपाल विद्यार्थी संघ, केन्द्रिय समिति