NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

‘पत्रयुद्ध’ पछि नेकपा सचिवालय बैठक सुरु

विवादका वीच नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु सचिवालय बैठकमा सबै सदस्य उपस्थित छन् । लामो समयसम्म बैठक बोलाउने विषयमा रडाको मच्चिरहेको नेकपामा दुई अध्यक्षबीच पछिल्लो समय ‘पत्रयुद्ध’ नै भएको थियो । यस बैठक नेकपा ‘विभाजन’ वा ‘जुट’ को संघारमा रहेकाले पनि निक्कै महत्वका साथ हेरिएको छ ।