नेकपाकाे आगामी सचिवालय बैठकमा दुई अध्यक्षको ‘पत्रयुद्ध’ माथि छलफल हुने

काठमाडाैं । लामो रस्साकस्सीका बीच सुरु भएको नेकपाको सचिवालयको बैठक सुरु भएको ४० मिनेटमा नै सकिएको छ । नेकपा सचिवालयको अर्को बैठक भने आगामी ३ मंसिरको दिउँसो १ बजे बस्ने भएको छ । अबको बैठकमा नेकपाका दुई अध्यक्षले एक अर्कालाई लेखेको तीन पत्रमाथि छलफल हुने भएको छ । त्यसबेलासम्म दुवै अध्यक्षले एक अर्कामा दिएको पत्र र अन्तर पार्टी निर्देशिका समेत पढेर आउने गरी आजको बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार कार्यकारी अध्यक्षले प्रधानमन्त्री ओलीलाई बहुमत सदस्यसहित बैठक बोलाउने प्रस्तावमा सहमति जनाउन लेखेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई फर्काएको पत्र र फेरि प्रचण्डले ओलीलाई लेखेको पत्रबारे छलफल हुने भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा पार्टीमा उत्पन्न संकट र त्यसको समाधानबारे कार्यसूची बनाएर छलफल गरिने निष्कर्ष निकालिएको छ । उनले भने, ‘यस कार्यसूची अनुसार स्वभाविक रुपमा यसअघिको स्थायी समितिको निर्णयको कार्यान्वयन, कर्णाली, पर्सा लगायतमा भएको घटना, कोरोना रोकथाम, उपचार, नियन्त्रण र त्यसले पैदा गरेको आर्थिक संकट, यसबीचमा पार्टी र सरकारका सन्दर्भमा उठिरहेको विषय, भारतीय रअ प्रमुख लगायतको भ्रमणबारे पनि छलफल हुने छ । दुई अध्यक्षका तीन पत्रबारे पनि सचिवालयको बैठकमा छलफल हुने भएको छ ।
ताजा अपडेट
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
-
जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
-
रविको दलमा धादिङबाट मात्रै चार केन्द्रीय सदस्य, तीन डाक्टर
-
यस्ता छन् रवि लामिछानेको स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य
-
ताइवानको वायुरक्षा क्षेत्रमा चीनले पठायो २९ लडाकु विमान
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया