NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

विश्वकप छनोटमा ब्राजिलको कठिन जित

ब्राजिलले विश्व छनोटमा भेनजुएलाविरुद कठिन जित हात पारेको छ । शनिबार बिहान भएका खेलमा ब्राजिलले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको आफ्नै मैदानमा भएको खेलमा दबाब राखे पनि उसलाई भेनेजुएलाको रक्षापंक्ति तोड्न निक्कै गाह्रो परेको थियो । फिरमिनोले ६७ औं मिनेटमा ब्राजिलका लागि गरेको गोल नै निर्णायक हुन पुग्यो । खेलमा ७४ प्रतिशत बलमा नियन्त्रण राखे पनि ब्राजिलले जम्मा तीनवटा मात्रै ‘अनटार्गेट’ प्रहार गरेको थियो । शनिबार नै भएको खेलमा उरुग्वेले कोलम्बियालाई ३-० र चिलीले पेरुलाई २-० गोल अन्तरले पराजित गरे । १० वटा देश रहेको दक्षिण अमेरिकी छनोटमा अहिलेसम्म सबैले तीन-तीन खेलेका छन् । जसमा तीनवटै खेल जित्दै ब्राजिल ९ अंकसहित तालिकाको पहिलो स्थानमा छ । तीन खेलमा दुई जित र बराबरीसहित अर्जेन्टिना ७ अंकसहित दोस्रो स्थानमा छ । अर्जेन्टिना शुक्रबार बिहान पाराग्वेसँग एकएक गोलको बराबरीमा रोकिएको थियो । इक्वेडर र उरुग्वे समान ६ अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।