NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

चुनाव आएको छैन तर काठमाडौंमा घरदैलो गर्दैछन् यी नेता

काठमाडौं । सामान्यतया चुनावका बेला नेताहरुले कार्यकर्ता र जनताको घरघरसम्म पुगेर मत माग्छन् । चुनावमा एकपटक घरदैलो गरेपछि चुनावमा हार वा जित जे भए पनि उनीहरुका लागि पुनः घरदैलो गर्न फेरि अर्को चुनाव आउनुपर्छ । तर, काठमाडौंका एक नेता भने चुनाव नआउँदै यतिखेर जनताको घरदैलोमा व्यस्त छन् । यस अघि पनि चुनाव नभएका बेलासमेत जनतासँग प्रत्यक्ष जोडिन रुचाउने विकासे नेताको परिचय बनाएका कांग्रेस नेता नविन्द्रराज जाशी यतिखेर कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन भन्दै घरदैलो कार्यक्रम गरिरहेका छन् । नेता जोशीले काठमाडौंको क्षेत्र नं. ८ क्षेत्रमा कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी मूलक विषयहरु लिएर घरदैलो कार्यक्रमको आयोजना गरेका हुन् । यस्ताे घरदैलाेमा उनी एक्लै हिंडेका छैनन् । विभिन्न चिकित्सकसहितको टोली बनाएर नेता जोशीले केही दिन देखि घरदैलो कार्यक्रम आयोजना गर्दै आएका छन् । काठमाडौं क्षेत्र नं. ८ आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले सचेतनाका लागि आफ्नो दायित्व पूरा गर्न चिकित्सकसहित घरदैलो कार्यक्रम आयोजना गरिएको नेता जोशी बताउछन् । जनताको घरदैलोमा गएर कोरोना संक्रमणबाट कसरी बच्ने, मास्क कसरी लगाउने, भौतिक दुरी कायम गर्ने, नियमित हात धुने, स्यानिटाइज गर्ने लगायतका विषयमा जानकारी गराएको नेता जोशीले बताए । कांग्रेस नेता जोशीसँगै विभिन्न चिकित्सकहरु पनि घरदैलो कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । शनिबार घरदैलो कार्यक्रममा सहभागी हुनुभएका बीर अस्पतालका चिकित्सक डा. भुपेन्द्र बस्नेतले कोरोनाबाट कसरी बच्न सकिन्छ, के कस्तो समस्या आउँछ, मास्क लगाउन किन जरुरी छ, हात धुन किन जरुरी छ भन्ने कुरामा जनचेतना फैलाउन टोलटोलमा पुगेको बताए । बस्नेत वीर अस्पतालका चिकित्सक हुन् । घरदैलो कार्यक्रमका क्रममा प्रत्येक घरमा मास्क वितरण समेत गरिएको छ । यस्तै कुनै पनि समस्या आएमा चिकित्सकलाई सिधै फोन गरी आवस्यक सुझाव र सल्लाह लिने व्यवस्था मिलाइएको पनि डा. बस्नेतले बताए ।