NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

के मंसिरमा भाइटिका लगाउन बाधा छ ! (भिडियोसहित)

काठमाडौं । अहिले तिहारको माहोल छ । हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाडका रुपमा लिइने तिहारले यसपटक मंसिर छोएको छ । अक्सर कात्तिक महिनामा मनाइने यो चाड यसपटक मंसिरमा परेसँगै मानिसहरूमा विभिन्न संशय छन् । यसपटक तिहारको भाइटिका मंसिर १ गते छ । मंसिरमा भाइटिका लगाउन हुँदैन भन्ने संशय कतिपय मानिसहरूमा देखिएको छ । तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्षसमेत रहेका प्राध्यापक डा. माधव भट्टराई यसलाई नकार्छन् । मलमासका कारण तिथि प्रभावित हुँदा त्यही तिथिका आधारमा मनाइने पर्व सर्दै गएको उनको भनाइ छ । मलमासमा कुनै पनि शुभ कार्य वा पर्व मनाइँदैन । https://www.youtube.com/watch?v=D7SVYkCXr-8 यो वर्षको असोज महिनामा मलमास परेको थियो । जसका कारण दशैं प्रभावित भएर कात्तिकमा पुग्याे । दशैं प्रभावित भएपछि त्यसको असर तिहारमा परेको छ । ‘तर, मंसिरमा पर्दैमा भाइटिका लगाउन बाधा छैन ।’ उनी भन्छन् । भिडियो : अनिल लिम्बुसम्पादन : शालिक भट्ट